PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

नदीका दुई किनारा बन्दै गएका देउवा र दाहालबीच प्रम निवासमा भेट



पहिलोपोस्ट

नदीका दुई किनारा बन्दै गएका देउवा र दाहालबीच प्रम निवासमा भेट

काठमाडौं : सत्तारुढ दलमै रहँदा रहँदै नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य थालेपछि संकटमा परेको नेपाली कांग्रेसले पनि चुनावी गठबन्धनको थालनी गरेको छ। एमाले अध्यक्ष केपी ओलीलाई सत्ताच्यूत गराउन एकजुट भएका नेपाली कांग्रेसका सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले नदीका दुई किनारा हुने तयारीमा छन्। गठजोडमा रहेका यी दुई दल फरकफरक गठबन्धनका कारण सम्बन्ध टुट्ने अवस्थामा छन्। 

सत्तामा पनि र विपक्षमा पनि रहने अवस्थामा नेकपा माओवादी केन्द्र पुगेको छ भने नेपाली कांग्रेस सत्तामा माओवादीको साहराविहीन। यद्यपि राजनीतिको कालो बादलले परिस्थिति कुन मोडतिर जाने हो प्रस्ट्याउन दिएको छैन। न त दुवै नेताहरुले यसबारे खुलेर विचार सार्वजनिक गरेका छन्। सत्ता छोड्न पनि नसक्ने तोड्न पनि नसक्ने र जोड्न पनि नसक्ने अवस्थामा पुगेको छ। त्यसैले नदीको दुई किनारातिर धकेलिँदै गरेका यी दुई दलका शीर्ष नेताको भेट विशेष हुने गर्छ।

अनौपचारिक रुपमा सधैजसो एकअर्कासँग हुने देउवा र दाहालको दुरी बढेको छ। यही दुरी बढेको बीच उनीहरुबीच आज भेट भयो। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच कुराकानी भए पनि त्यसमा केके विषय समावेश भए खुलाइएको छैनन। प्रधानमन्त्रीको निजी सचिवालयले समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको जनाएको छ। स्वभाविक पनि भेटमा दुई नेताबीच वाम गठबन्धनकै विषयले चर्चा पाएको अनुमान गर्न कठिन छैन। सँगै आसन्न निर्वाचनको विषय पनि जोडिने भइहाल्यो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell