PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

डिआइजी छविलाल जोशीको नाममा नानीमैयाँको यस्तो ठगी



पहिलोपोस्ट

काठमाडौ :  प्रहरीको  नाममा रकम उठाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको टोलीले काठमाडौं शंकरापुर नगरपालिकाकी ३० वर्षीया नानीमैया गुरुङलाई पक्राउ गरेको हो।
 
गरुङले जुवा खेलेर कारवाही पछि छाडिएका ५ जनालाई प्रहरीलाई रकम दिने शर्तमा आफूले छुटाएको भन्दै पीडितबाट रकम उठाउदै गरेको अवस्थामा पक्राउ गरेको प्रभागका प्रमुख प्रहरी निरीक्षक हरिहर सुनुवारले जानकारी दिए।  

उनले भने,‘गुरुङले डिआइजी छविलाल जोशी र म आफैंलाई ६५ हजार रुपैयाँ माग गरेको भन्दै उठाएको पाएका हौं।’

उनले मैलै रकम कबुलेकी छु, १५ हजार डीआईजी जोशीलाई पठाईसकेकी छु बाँकी ५० हजार ईन्सपेक्टरलाई दिनुछ, नदिए लागूऔषध हालेर फसाईदिने भन्दै गूरुङले तर्साउने गरेको सुनुवारले बताए। 

प्रहरीले केही समय अघि जुवाखेलिरहेका बेला बसपार्क क्षेत्रबाट पाँच जना जुवाडेलाई पक्राउ गरेको थियो ।  गुरुङले बसपार्क क्षेत्रमा यस्तै बिचौलियाको काम गर्ने गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell