झापाः पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका–३ सुरुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका–४ का ३० वर्षीय नवीन मियाँ छन्।
मे१त ५१०९ नम्बरको ट्र्याक्टरलाई सडक पार गर्ने क्रममा पूर्वबाट पश्चिम गइरहेको ना६ख ७८६४ नम्बरको बसले ठक्कर दिँदा ट्याक्टर चालक मियाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
बसमा सवार अन्य दुई जना घाइते भएकामा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको बताइएको छ।रासस