PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

दलहरुलाई निर्वाचन आयोगको भन्यो -निर्वाचन विरोधी क्रियाकलाप नगरिदिनुस्



पहिलोपोस्ट

दलहरुलाई निर्वाचन आयोगको भन्यो -निर्वाचन विरोधी क्रियाकलाप नगरिदिनुस्

काठमाडौँः  निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्षरूपमा प्रभावित वा असर गर्नेगरी कुनै पनि गतिविधि, क्रियाकलाप सञ्चालन नगर्न/नगराउन नेपाल सरकार, राजनीतिक दल र सरोकार भएका सबैमा आग्रह गरेको छ। 

आयोगले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति, समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचन प्रक्रियाको थालनी, मतपत्र छपाइलगायतका अत्यावश्यक कार्य प्रक्रिया चरणबद्धरूपमा अगाडि बढिरहेको जनाएको छ । 
त्यसैगरी, मतदाता शिक्षा, कर्मचारीको छनोट, निर्देशिका, कार्यविधिको तर्जुमा लगायतका तमाम कार्य सँगसँगै अगाडि बढिरहेको आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा पूर्णरूपमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित, स्वतन्त्र, विश्वसनीय र धाँधलीरहित ढंगले सम्पन्न गर्न अहोरात्र आयोग खटिरहेको जनाउँदै निर्वाचन कार्यमा सघाउ पु¥याउन संबद्ध सबै सरोकार भएका, आम सर्वसाधारण र सञ्चार माध्यमसँग सहयोगका लागि आग्रह पनि गरिएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell