PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

विश्वकपमा छनोट भइसकेका यी हुन् ११ राष्ट्र



पहिलोपोस्ट

विश्वकपमा छनोट भइसकेका यी हुन् ११ राष्ट्र

अर्को वर्ष रसियामा हुने २० औँ संस्करणको विश्वकपका लागि छनोट चरणका खेलहरु धमाधम चलिरहेका छन्।

अहिलेसम्म विश्वकपमा आयोजक रसियासहित ११ टिम छनोट भइसकेका छन्। जसमा सर्वाधिक ५ पटकको विश्व च्याम्पियन ब्राजिल र विश्व विजेता जर्मनी समेत छन्।

युरोपबाट अहिलेसम्म सबैभन्दा धेरै ५ राष्ट्र तथा एसियाबाट ४ राष्ट्र छनोट भएका छन्।

युरोपबाट रसिया र जर्मनीसँगै बेल्जियम, इंगल्याण्ड र स्पेनले रसियाको टिकट काटिसकेको छन्। यस्तै एसियाबाट जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट भएका छन्।

दक्षिण खमेरिकाबाट ब्राजिल तथा उत्तर अमेरिकी राष्ट्र मेक्सिको पनि छनोट भइसकको छ।

विश्वकप खेल्ने ३२ टिम मध्ये अझै २१ टिमको छनोट हुन बाँकी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell