
अर्को वर्ष रसियामा हुने २० औँ संस्करणको विश्वकपका लागि छनोट चरणका खेलहरु धमाधम चलिरहेका छन्।
अहिलेसम्म विश्वकपमा आयोजक रसियासहित ११ टिम छनोट भइसकेका छन्। जसमा सर्वाधिक ५ पटकको विश्व च्याम्पियन ब्राजिल र विश्व विजेता जर्मनी समेत छन्।
युरोपबाट अहिलेसम्म सबैभन्दा धेरै ५ राष्ट्र तथा एसियाबाट ४ राष्ट्र छनोट भएका छन्।
युरोपबाट रसिया र जर्मनीसँगै बेल्जियम, इंगल्याण्ड र स्पेनले रसियाको टिकट काटिसकेको छन्। यस्तै एसियाबाट जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट भएका छन्।
दक्षिण खमेरिकाबाट ब्राजिल तथा उत्तर अमेरिकी राष्ट्र मेक्सिको पनि छनोट भइसकको छ।
विश्वकप खेल्ने ३२ टिम मध्ये अझै २१ टिमको छनोट हुन बाँकी छ।