PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह



पहिलोपोस्ट

रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउन युरोपेली सङ्घको आग्रह
फोटो श्रोतः consilium.europa.eu

नयाँदिल्लीः युरोपेली सङ्घका अध्यक्ष डोनाल्ड टस्कले रोहिङ्ग्या शरणार्थीहरूलाई मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुन अनुसार स्वदेश फर्काउन म्यानमारलाई आह्वान गरेका छन्। 

केही हप्ता अघि म्यानमारमा चर्किएको हिंसाका कारण भागेर बङगलादेशमा शरण लिइरहेका रोहिङ्ग्या शरणार्थीहरूलाई तत्काल स्वदेश फर्काउन उनले आह्वान गरेका हुन्। 

टस्कले राखिन राज्यबाट शरणार्थी भएका रोहिङ्ग्याहरूलाई आवश्यक सहयोग पनि म्यानमारले तत्काल उपलब्ध गराउनु पर्ने बताए। 

म्यानमारको सेनाले रोहिङ्ग्याहरूको घर जलाईदिन थालेपछि उनीहरू विस्थापित भएर बङ्गलादेशमा शरणार्थी हुनु परेको थियो।

नयाँदिल्लीमा भारतीय नेताहरूसँगको भेटपछि अध्यक्ष टस्कले छिमेकी मुलुकको हैसियतले भारतले पनि केही सकारात्मक र सहयोगी भूमिका खेल्नु पर्ने बताए। 

उनले युरोपेली सङघकातर्फबाट गर्न सकिने सहयोग र भूमिकाका लागि सङ्घ तयार रहेको पनि जानकारी दिए।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell