PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जावेद अख्तरको बायोपिकमा फरहान अख्तर



पहिलोपोस्ट

जावेद अख्तरको बायोपिकमा फरहान अख्तर

भारतिय फिल्म, कला एवं साहित्यमा योगदान पुर्याएको पात्र जावेद अख्तरको जीवनकथामा फिल्म बन्ने भएको छ। कवि, लेखक, गीतकारको छवि बनाएको गीतकार अख्तरको बायोपिकमा उनको भूमिका निभाउँदै छन् फरहान अख्तरले।

सन् १९६४ मा जावेद मुम्बई आएका थिए। १९ वर्षका उनले दुई जोर लुगा, केही किताब र हजार सपना बोकेर आएको बताइन्छ। सपना पुरा गर्न लागिपर्दाको संघर्षमा उनी बाटमा, रेल स्टेटशनमै बसे, स्टुडियोको कम्पाउन्डमा कुरे, ड्रेसिङ रुम, गुफामा सुते र कति रात भोकै निगाए। अहिले उनी बलिउडमा स्थापित भैसक्दा उनी मुम्बई आएको ५३ वर्ष पुरा भएको छ।

उनको यस्तै कथाको कारण उनको बायोपिक बनाउने खोजिएको बलिउड हंगामासँग सबाना आज्मीले बताएकी छिन्। बायोपिकलाई फरहानले नै निर्देशन गर्ने भएका हुन्। जावेदकी पत्नी सबाना आज्मीले फिल्म निर्माण गर्न लागेका हुन्। आज्मीले तीन वर्ष अघिदेखि उक्त प्रोजेक्टको तयारी गरेपनि घोषणा गर्न अवस्था नमिलेको जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell