PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

बिपी राजमार्गमा नियम उल्लंघन गरी चलाइएका सवारीसाधनलाई विभागले गर्‍यो कारबाही



पहिलोपोस्ट

बिपी राजमार्गमा नियम उल्लंघन गरी चलाइएका सवारीसाधनलाई विभागले गर्‍यो कारबाही

धुलिखेलः धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डको बिपी राजमार्गमा चल्ने अधिकांश सवारीसाधनलाई नियम उलंघन गरी चलाएको भन्दै यातायात व्यवस्था विभागको टोलीले कारबाही गरेको छ। 

शुक्रबार विभागको टोलीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाको काभ्रेभञ्ज्याङमा गरिएको अनुगमनमा राजमार्ग भएर चल्ने अधिकांश सवारीसाधनले यात्रुसँग तोकिएको दरभन्दा बढी भाडा असुल्ने, रुट परमिट नै नभएका गाडी चलाउने र १८ सिट क्षमता र १० टनभन्दा बढीको सवारीसाधन चलाउन नपाइने व्यवस्थालाई उलंघन गरी ठूला यात्रुबाहक बस चलेको पाइएको जनाएको छ।
 
त्यसरी नियम  उल्लंघन गर्ने सवारीसाधनलाई कारबाही गरी आवश्यक कागजातसमेत नियन्त्रणमा लिइएको छ। अनुगमनका क्रममा टोलीले मालबाहक सवारीमा यात्रु ओसारेका सवारीसाधनलाईसमेत कारबाही गरेको छ। 

बढी भाडा लिएको विषयमा अधिकांश सवारी चालकले भने आफूहरुले भन्दा पनि काउण्टरबाट नै त्यसरी बढी भाडा लिएर टिकट कटाउने गरेको बताएका थिए।

राजमार्ग भएर पूर्वका १५ जिल्लासँगै तराईका सात वटा जिल्लालाई राजधानीसँग जोड्न नजिकको बिपी राजमार्गमा सवारी चाप बढेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell