PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

यी हुन् उदयपुरबाट काँग्रेस, एमाले र माओवादीबाट सिफारिस भएका उम्मेदवारहरु 



पहिलोपोस्ट

यी हुन् उदयपुरबाट काँग्रेस, एमाले र माओवादीबाट सिफारिस भएका उम्मेदवारहरु 

गाईघाटः उदयपुरमा नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले आगामी मंसिर २१ गते हुने प्रदेश र केन्द्रको चुनावको लागि पार्टीकातर्फबाट सम्भावित उम्मेदवारको नाम निर्धारण गरेका छन्। 

नेपाली काँग्रेसको जिल्ला समितिको बैठकले आगामी मसिर २१ गते हुने केन्द्रको चुनावका लागि उदयपुर क्षेत्र नं १ बाट पार्टीका केन्द्रीय सदस्य डा नारायण खड्का प्रमिला राई, लक्ष्मी परियार र जिल्ला पार्टी सभापति विदुर बस्नेतको नाम सिफारिस गर्ने निर्णय गरेको छ। 

पार्टी सचिव मदनराज कटुवालकाअनुसार क्षेत्र नम्बर २ मा नारायणबहादुर कार्की, अर्जुन खड्का र सञ्जीव थापाको नाम केन्द्रको उम्मेदवारको लागि सिफारिस गर्ने निर्णय भएको छ। 

यस्तै, हालै बसेको नेकपा एमालेको जिल्ला बैठकले क्षेत्र नम्बर १ बाट केन्द्रका लागि मञ्जुकमारी चौधरी, रामणी पोखरेल र टेकबहादुर राउतको नाम सिफारिस गरेको छ। 

क्षेत्र नम्बर २ बाट जगन्नाथ खतिवडा, विष्णुबहादुर राउतको नाम तय गरिएको नेकपा एमाले उदयपुरले जनाएको छ। 

यता माओवादी केन्द्रले क्षेत्र नम्बर १ बाट केन्द्रका लागि पार्टी पोलिटब्यूरो सदस्य सुरेश राई र पुष्प बस्नेतको सिफारिस गरेको छ, भने क्षेत्र नम्बर २ मा पार्टी स्थायी समिति सदस्य तथा पूर्व सञ्चारमन्त्री राम कार्की, केपी बराल, मोहन पौडेलसहितको नाम सिफारिस गरेको पार्टी जिल्ला संयोजक विनोद कटुवालले जानकारी दिए।

प्रदेशको चार क्षेत्रका लागि काँग्रेसले भोजराज खतिवडा, अर्जुन दाहाल, शिवराज राई, मौसम राई, राजेन्द्र पौडेल डा. भोगेन्द्र चौधरी, हिमाल कार्की, मदनराज कटुवाल, महेन्द्र चौधरी, सरोज बस्नेत, प्रमिला राई, खेसराज मगर, रेवतबहादुर दाहाल, महेन्द्र सिग्देल, रामकुमार खत्री, रामकुमार राई, हरिबहादुर खड्का, त्रिभुवन दाहाल, नेत्र पौडेलसहितको नाम तय गरेको छ।

नेकपा एमालेबाट प्रदेशको चार क्षेत्रका लागि कालु लामा, कुमारजंग कार्की, कुशलबाबु बस्नेत, टेकनारायण चौधरी, डिल्ली बिमली, धनपती आचार्य, नरेन्द्र राउत, नारद निरौला, राजेन्द्र कटुवाल, बिमल कार्की, राजकुमार राई, ईश्वरमणि राउत, परमेश्वर घिमिरे, शम्भु पौडेल, सम्झनाकुमारी पोखरेल, शैलेश लामा, देवराज राई, टामिन्द्र राई, चक्रबहादुर तामाङ, ज्ञानबहादुर समाललाई सिफारिस गरेको छ।

प्रदेशका लागि माओवादी केन्द्रबाट राजन किराँती, विनोद कटुवाल, नारायण बुर्जा, रामबहादुर थापा मगर, हेमराज दाहाल, नीरज पौडेल, बिमल किराँती, एबिराज राई, गणेश थाम्सुहाङ लगायतका उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय भएको माओवादी केन्द्र उदयपुरले जनाएको छ। 

विगतमा उदयपुर जिल्लामा तीन निर्वाचन क्षेत्र रहेको भएपनि हालको संरचनाअनुसार केन्द्रको लागि दुईवटा क्षेत्र र प्रदेशका लागि चारवटा निर्वाचन क्षेत्र निर्धारण भएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell