PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

मोहनविक्रम सिंहले भने -वाम एकता स्वागतयोग्य



पहिलोपोस्ट

मोहनविक्रम सिंहले भने -वाम एकता स्वागतयोग्य

चितवनः नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले वाम एकता स्वागतयोग्य रहेको बताएका छन्। 

शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री सिंहले संविधानका पक्षधर शक्ति एक हुनु राम्रो भएको भन्दै अहिले भएको वाम एकता स्वागतयोग्य रहेको बताए। 

उनले निर्वाचनमा मिलेर जानुपर्छ भन्ने भावना मात्रै नभई अब दीर्घकालीन एकता आवश्यक रहेको बताए। 

उनले भने,‘तत्काल कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट पार्टी निर्माण हुने देखिदैन।’

वाम एकतापछि काँग्रेसको नेतृत्वमा लोकतान्त्रिक शक्ति पनि एक हुनलागेको भन्दै सिंहले राष्ट्रिय मुद्दामा सबै कम्युनिष्ट एक हुनुपर्नेमा जोड दिए। 

अहिले पनि आफ्नो पार्टी संघीयताको विरोधी रहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनले मात्रै संघीयता स्थापित नहुने बताए। 

एमाले र माओवादी दक्षिणपन्थी रहेको भन्दै सिंहले अब यसलाई वास्तविक कम्युनिष्ट बनाउन सके मात्रै पार्टी एकतामा जान सकिने बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell