PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सुडानमाथिको अमेरिकी नाकावन्दी हट्यो, इजिप्टद्वारा स्वागत



पहिलोपोस्ट

सुडानमाथिको अमेरिकी नाकावन्दी हट्यो, इजिप्टद्वारा स्वागत

काएरो: अमेरिकाद्वारा सुडानमाथि विगत २० वर्षदेखि लगाउँदै आएको आर्थिक नाकावन्दी हटाउने निर्णयको इजिप्टले स्वागत गरेको छ।

शनिबार इजिप्टको विदेशमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकी ट्रम्प प्रशासनद्वारा यसै हप्ताको सुरुमा गरेको उक्त निर्णयको प्रशंसा गरेको छ। इजिप्टले सुडानले मानवअधिकार तथा अन्य सम्बन्धित क्षेत्रमा पछिल्ला वर्षमा सुधार गर्दै आएको विज्ञप्तिमा भनिएको छ।

वासिङ्टन लगायत कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए। यद्यपि यसमा पछिल्ला केही वर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टको दावी छ।

यसअघि सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउँदै आएको नाकावन्दी हटाउन लागेकोमा इजिप्टले विरोध जनाएको आरोप लगाएको थियो। इजिप्टले भने आरोपको खण्डन गर्दै आएको छ।

सुडान र इजिप्टबीच सीमा विवादका अलावा सुडानले इथियोपियाको सरकारद्वारा नाइल नदीमा बाँध बाँधेर इजिप्टको पानीको महत्वपूर्ण हिस्सामा अवरोध गर्ने कदममा सहयोग गरेको भन्दै असन्तुष्टि रहँदै आएको छ। रासस/एपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell