PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

साउदीमा भएको सवारी दुर्घटनामा एक नेपालीको मृत्यु



पहिलोपोस्ट

पाँचथर : सवारी दुर्घटनामा परेर साउदी अरेवियामा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ।

शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिकेकी सुकपाल विश्वकर्माले जानकारी दिए। नेपाल फर्काउन परिवारले सम्बन्धित निकायलाई आग्रह गरेका छन्। दुई वर्षअघि साउदी पुगेका उनका दुई श्रीमती र तीन छोरी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell