
रुपन्देहीः नेकपा एमाले रुपन्देहीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। जिल्ला कमिटीले प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा उपमहासचिव घनश्याम भुसालसहित चार जनाको नाम सिफारिस गरेको छ । उपमहासचिव भुसाल दुई क्षेत्रबाट सिफारिसमा परेका छन्।
क्षेत्र नम्बर १ बाट घनश्याम भुसाल, छविलाल विश्वकर्मा, राधा ज्ञवाली, लीला गिरी र मीना पाण्डेको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ।
भुसाल २०७० को संविधानसभा सदस्य निर्वाचनमा रुपन्देही ३ बाट कांग्रेसका बालकृष्ण खाँडसँग ८४ मतले पराजित भएका थिए।
त्यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ क’बाट प्रत्यक्षतर्फ सिद्धिचरण भट्टराई, नीलकण्ठ पौडेल, ध्रुव खरेल, सुनील कौशल र कृष्ण न्यौपानेको नाम सिफारिस गरेको छ। क्षेत्र नम्बर १ ख’बाट यज्ञ गैरेको नाममा सर्वसम्मत रुपमा सिफारिस भएको छ।
प्रतिनिधिसभाको क्षेत्र नम्बर २ बाट अर्को उपमहासचिव विष्णु पौडेलको नाम सर्वसम्मत सिफारिसमा परेको छ। पौडेल यसअघि रुपन्देही ४ बाट निर्वाचित भएका थिए। तत्कालीन एमाओवादीका नेता डा. बावुराम भट्टराई उक्त क्षेत्रमा पराजित भएका थिए।
प्रदेशसभाका लागि क्षेत्र नम्बर २ क’बाट गोपाल भट्टराई, गोपाल राना र ख’बाट बाबुराम भट्टराई, भोजप्रसाद श्रेष्ठ, नन्दीकेशर ढकाल, गुरुप्रसाद शर्मा र बिमला पन्थीको नाम सिफारिस गरिएको छ।
त्यसैगरी जिल्लाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उपमहासचिव भुसालसहित विजय पौडेल र पुष्पाञ्जली उपाध्यायको नाम सिफारिस गरिएको छ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर ३ क’बाट रामप्रसाद बस्याल, भरत पोखरेल र ज्ञानदेव कटुवाल तथा ख’बाट श्याम खरेल, जीवलाल अर्याल, डिला अर्यालको नाम सिफारिस गरिएको छ।
रुपन्देही ४ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ बिन्ध्याचल यादव र गंगा ठठेरको नाम सिफारिस गरिएको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर ४ क’बाट प्रत्यक्षतर्फ पल्लवी सुब्बाको नाम सिफारिस गरिएको एमाले जिल्ला प्रचार विभाग प्रमुख तेजेन्द्र केसीले बताए।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ खिमलाल भट्टराईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिएको छ। प्रदेशसभाका लागि क्षेत्र नम्बर ५ क’बाट भूमिश्वर ढकाल, मीनप्रसाद घिमिरे, ज्ञानकुमारी बेलवासेको नाम सिफारिस गरिएको छ।