PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वाम गठबन्धनका राजनीतिक 'साइड इफेक्ट्स'



सूर्य खड्का

वाम गठबन्धनका राजनीतिक 'साइड इफेक्ट्स'

भनिन्छ राजनीतिमा असम्भव केही हुँदैन। राजनीतिमा अनपेक्षित रुपमा हुने अप्रत्याशित घटनाहरुले निकै तरंग ल्याउने गर्छ। अहिले वाम एकताको घोषणाले देशकै राजनीतिक नक्सा र समीकरणमा अनपेक्षित फेरबदल ल्याएको छ। एकातिर वामपन्थी सर्वसत्तावादको उदयको आशंका गरिदै छ भने अर्कोतिर काउन्टरमा लोकतान्त्रिक कित्ताका दलहरुको पनि समानान्तर गठबन्धनको थालनी भएको छ।

मुख्य दुई ठूला वाम दल नेकपा एमाले र नेकपा माओवादीको चुनावी तालमेल तथा पार्टी एकता अभियानले अत्यन्त ठूला राजनीतिक प्रभाव पार्ने संकेत देखाएको छ। एकातिर राजनीति दुई धार हुने संकेत छ भने अर्कोतिर साना दलहरुको राजनीतिक पसल बन्द हुने स्पष्ट संकेत गरेको छ।

मुलुक वाम पन्थी तथा गैरवाम पन्थी दुई राजनीतिक ध्रुवमा नाटकीय प्रवेश गरेको छ। लोकतान्त्रिक शक्ति र वाम शक्तिको गठबन्धको रस्साकस्सीले देश दुई दलीय राजनीतिक प्रतिस्पर्धाको चरणमा प्रवेश गर्ने सम्भावना बढाएकै बेला तराई मधेशका क्षेत्रीय दलहरु राजपा र संघीय समाजवादीले पनि सहकार्यको औपचारिक घोषणा गरी त्रिपक्षीय गठबन्धन राजनीतिक आकाशमा उदाएको सन्देश दिए।


वाम दलको एकताले ल्याएको केही राजनीतिक तरंग र साइड इफेक्टस्हरु :

१. वाम एकताको घोषण गरेका दुई दलमध्ये एमालेको पक्ष धेरै उत्साहित। खासगरी एमालेभित्रको पनि तत्कालीन माले खेमा बढी उत्साहित। तर अध्यक्ष केपी ओली खेमा हर्षीत मात्रै। केन्द्रीय नेता शंकर पोखरेल लगायतद्धारा माओवादी हैसियत सिद्धिएपछि एमालेमा विलय भएको टिप्पणी।

 

२. माओवादीमा नारायणकाजी खेमा एकता अभियानप्रति उत्साही तर, अधिकांश केन्द्रीय नेता नै रनभुल्लमा। विद्यार्थी संगठनबाहेक कुनै पनि जनवर्गीय संगठनहरुद्धारा एकता प्रक्रियाको स्वागतमा प्रतिक्रिया आएन। माओवादीका जनजाती नेता गोपाल किराँतीद्धारा आफ्नै नेतृत्वमा पार्टी पुर्नगठनको चेतावनी। आदिवासी जनजाती तथा अल्पसंख्यक तप्का माओवादीभित्र निकै रुष्ट।

 

३. बृहत वाम एकताको व्यानरमुनी गोलबन्ध भएसँगै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको औपचारिक विघटन। नयाँ शक्ति अभियानमा अब साझा विवकेशील दललाई एक्लो धावक बन्ने स्वर्ण मौका। वामपन्थी पहलमा नयाँ वैकल्पिक शक्ति निर्माणको अभियान असम्भव रहेको व्यवहारिक पुष्टि डा. भट्टराईको पार्टी विघटनद्धारा पुष्टि।

 

४. साना वाम दलद्धारा नयाँ शक्तिसहितको एमाले माओवादी गठबन्धनमा सामेल नहुने संकेत। साना दलको फरक मोर्चा नै एमाले माओवादी गठबन्धनमा सामेल भएन। नारायणमान विजुक्छेद्धारा नक्कली कम्युनिष्टहरुको भारतीय डिजाईनमा एकता भएको टिप्पणी।

५. पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर सिंह नेतृत्वको नामैमा सीमित कथित ३३ दलीय मोर्चासहित अन्य साना केही राजनीतिक दलहरुद्धारा भने वाम गठबन्धनलाई साथ, सहयोग र समर्थन गर्ने संकल्प। वाम गठबन्धनसहित अन्य वामपन्थी शक्तिसँग वार्ता र छलफल अगाडि बढाउन ३३ दलीय मोर्चाका संयोजक युवराज सफल र प्रवक्ता हेमबहादुर श्रेष्ठ (श्याम) को दुई सदस्य रहेको वार्ता टाली पनि गठन। यसअघि नै ३३ दलीय मोर्चालगायत अन्य चार दलले नेकपा माओवादीको चिन्ह लिएर आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति।

 

६. एमाले माओवादी एकता अभियानसँगै सत्ता नेतृत्वको प्रमुख दल नेपाली कांग्रेस नेतृत्वमा लोकतान्त्रिक भनिने दलहरुको नयाँ गठबन्धन काउन्टरका रुपमा गठन। कांग्रेका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधि लोकतान्त्रिक गठबन्धनको संयोजक। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलको संयोजक नेता निधिद्धारा प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक तथा रणनीत तय गर्ने क्रम जारी।

उक्त कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा. मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा (प्रजातान्त्रिक)बाट विक्रम पाण्डे सदस्य। त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी पनि सदस्य।

७. वाम तथा लोकतान्त्रिक गठबन्धनको तिव्रतासँगै मधेश केन्द्रीत तीन दलमध्ये दुई दलद्धारा आगामी मंसिरको चुनाव मिलेर लड्ने औपचारिक घोषणा। संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)द्धारा शुक्रबार मात्रै आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने घोषणा।

 

फोरम अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्धारा संयुक्त विज्ञप्तीमार्फत निर्वाचनमा दुवै पार्टीको साझा उम्मेदवारी दिने सहमति। उनीहरुद्धारा अन्य दल तथा गठबन्धनसँग तालमेल भएमा दुवै पार्टी संयुक्त सहकार्य गर्नेसमेत सहमतिमा हस्ताक्षर। तीन मधेशी दलमध्ये विजयकुमार गच्छेदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम भने कुन गठबन्धनमा रहने भन्ने नै अन्यौलमा।

 

७. बृहत वाम एकताको नाम दिए पनि नयाँ शक्तिसहितको एमाले माओवादी एकतालाई पूर्वमाओवादी र मशाल लगायतका  साना तर माओवादीभन्दा केही क्रान्तिकारी ठानिने वाम दलद्धारा एकता प्रक्रिया नै अस्वीकार। माओवादी नेता मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी, विल्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहनविक्रम सिंह नेतृत्वको नेकपा मशालबीच पनि पार्टी एकता वा चुनावी सहकार्यका लागि पहल प्रारम्भ।


८. पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादी आगामी निर्वाचनमा एउटै चिन्हमा चुनाव लड्ने सहमतिमा। उस्तै नामको दुई पार्टीका अध्यक्षद्धय लोहनी र अध्यक्ष राणाबीच पार्टी एकीकरणको अनौपचारिक अभ्यास पनि तीव्र।

 

९. एमाले माओवादी एकता अभियानको घोषणासँगै एमालेमा प्रवेश गर्नेहरुको संख्यामा केही बढोत्तरी। राप्रपा नेतृ तथा लोकगायिक कोमल वलीदेखि राप्रपा मनाङका सभापति तथा गुण्डा नाईके भनिने दीपक मनाङेसम्म एमालेमा प्रवेश। आईजीपीको ताज पहिरीएर नेपाल प्रहरीमा राज गर्न नपाएका तत्कालीन प्रहरी डिआईजी नवराज सिलवालसमेत नेकपा एमालेमा प्रवेश।

१०. राजपाका एक वरिष्ठ नेता तथा पूर्वमन्त्री हृदेश त्रिपाठीद्धारा राजपा परित्यागसहित एमालेको सूर्य चुनाव चिन्हमा आगामी चुनावमा भाग लिने निर्णय। राजपामा त्रिपाठीको पलायनले गम्भिर धक्का पार्ने आँकलन। नयाँ शक्तिका संयोजक डा. बाबुरामदेखि सबै उम्मेद्वार एमालेकै सूर्य चिन्हबाट चुनावमा सहभागी हुने।

 

११. सरकारलाई दिएको समर्थन जारी राख्ने कि सरकारबाट बाहिरीने भन्नेमा दोस्रो सत्ता साझेदार दल माओवादी अझै अनिर्णित। संविधानत: सरकार सुरक्षित रहेको प्रधानमन्त्रीलाई कानुनविद्को सुझाव। तर, सत्तामा कांग्रेससँग सहकार्य गर्ने र चुनावमा विपक्षी एमालेसँग तालमेल गर्ने माओवादी निर्णयको जनस्तरमा व्यापक आलोचना।

१२. एमाले र माओवादीमा रहँदा उछितो काढेका दुवै दल सम्वद्ध लेखक, वुद्धिजीवि, पत्रकार तथा समर्थकहरुलाई एकता अभियानको पक्ष विपक्षमा उत्रन मुश्किल। माओवादीको उग्रविरोध गर्ने एमाले कित्ताको आलोचक पंक्ति संयमित र शान्त देखिदै।

 

१३. एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच ६ बुँदे चुनावी तालमेल र निर्वाचन सम्पन्न भएपछि पार्टी एकीकरण गर्ने सहमतिमा सामाजिक सञ्जालमो मिश्रित प्रतिक्रिया व्यक्त।

 

१४. एमाले माओवादी एकताको प्रभावका कारण उदाएको कांग्रेस नेतृत्वको बृहत लोकतान्त्रिक गठबन्धनमा कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राण नेतृत्वको राप्रपा पनि सहभागि।

 

पार्टी विभाजनमा कांग्रेसले खेलेको आरोप लगाउने राप्रपा अध्यक्ष कमल थापा एमाले वा कांग्रेस कुन गठबन्धनमा सहभागि हुने भन्ने अन्तिम निर्क्यौल हुन बाँकी। तर प्रजातान्त्रिक राप्रपा भने कांग्रेस गठबन्धनमा औपचारिक रुपमा नै सामेल।

१५. वाम एकता पछिको विकसित घरेलु राजनीतिक परिस्थितिबारे छिमेकी देशहरुको औपचारिक प्रतिक्रिया आएन्न। तर, नेपालको दलीय ध्रुवीकरणबाट भारत निराश र चीन उत्साही भएका टिप्पणी।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell