PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • ओली, प्रचण्ड र बादलको सत्ताः विप्लव पक्राउको राजनीतिक ठट्टा

    ओली, प्रचण्ड र बादलको सत्ताः विप्लव पक्राउको राजनीतिक ठट्टा

    २०५२ सालमा शिरमा कफन र काँधमा बन्दूक बोकेर देश बदल्न निस्कँदा सँगै थिए विप्लव र बादलहरु। १० वर्षे जनयुद्धका दौरान बादल र विप्लवहरु एकसाथ लडेका हुन् उनीहरुको भाषामा सर्वहारा वर्गको मुक्तिका खातिर। देशमा साम्यवादी सत्ता स्थापनाको लागि उनीहरुले दीर्घकालीन भने पनि दशकमा नै बिसाएका पनि हुन् उनीहरुकै शब्दको महान् जनयुद्ध। युद्धमा न जित भयो न हार।  मंसिर ५, २०६३ को…

    विस्तृतमा पढ्नुस्

  • ओलीको राष्ट्रवादी रुझानको अग्निपरीक्षा

    ओलीको राष्ट्रवादी रुझानको अग्निपरीक्षा

    नेपाली राजनीति र खासगरी वाम राजनीतिलाई एउटा 'सेक्स' बजार मानिदिने हो भने नेपालको वामपन्थी राजनीतिलाई सदावहार 'सेक्सी' बनाइदिने तीन नायक छन्, मनमोहन अधिकारी, मदनकुमार भण्डारी र पुष्पकमल दाहाल 'प्रचण्ड'। यी तीन नेताको पुरुषार्थ होस् कि पाखण्ड, पौरख होस् कि पापपुण्य, त्यसैको मोहनीमा नेपाली जनताको ठूलो हिस्सा मोहित, आशातीत वा भयभित भैरह्यो। पुष्पलाल श्रेष्ठहरुको आर्जनमा २००६ सालमा स्थापित नेपाल कम्युनिष्ट पार्टी…

    विस्तृतमा पढ्नुस्

  • सुष्माको आगमनले देखाएको ओलीको अनुहार (टिप्पणी)

    सुष्माको आगमनले देखाएको ओलीको अनुहार (टिप्पणी)

    नयाँ दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओडिन्छ भन्ने राजनीतिक व्यंग्य अब काम नलाग्ने प्रतीत हुन्छ। माघ १८ मा आएर १९ मा फर्केकी भारतीय विदेशमन्त्री तथा प्रधानमन्त्री मोदीकी विशेष दूत सुष्मा स्वराजको दुई दिने भ्रमण अब काठमाडौंमा पानी पर्दा दिल्लीमा पनि छाताको जोहो गर्न थालिएको नयाँ उदाहरण हो।  नेपालमा आम चुनाव २०७४ ले एमाले नेतृत्वमा वामपन्थी सरकार बन्ने निश्चित भएपछि भारतीय…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको हार : देउवालाई गाली कि ताली ?

    कांग्रेसको हार : देउवालाई गाली कि ताली ?

    २०४६ सालको जनआन्दोलन सफलता पछिको काठमाडौं खुल्लामञ्चमा आयोजित विजय सभामा ‘माले, मण्डले र मशालेहरु एकै हुन्’ भन्ने तत्कालीन कांग्रेस महामन्त्री गिरिजाप्रसाद कोइराला नै कुनैबेला कम्युनिष्टहरुका सहारा र सहयात्रामा जान्छन् भन्ने कल्पना विरलै गरिन्थ्यो। किनकि कोइराला हार्ड लाइनर कम्युनिष्ट विरोधी अग्ला कांग्रेस नेता थिए। तर, २०४६ सालको जितलाई 'यो जीत पंचायतको पनि हो' भनेर खुल्लामञ्चबाट कुर्लेका कोइरालाले त्यसयता पूर्व पन्चहरुलाई खुल्ला…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्र संस्थागत गर्ने मतदान, रमिते बनी चियाउँदै गैरमतदाता ज्ञानेन्द्र

    गणतन्त्र संस्थागत गर्ने मतदान, रमिते बनी चियाउँदै गैरमतदाता ज्ञानेन्द्र

    टिप्पणी - एक जुगमा एक दिन एक फेर आउँछ.... कालजयी यो गीत गाउँ, शहर, राजधानीका सडक चोकमा घन्किएको एक दशक अघि नै हो। यो गीतमा शहर रमाउँदै गर्दा सत्ता र सिंहासनमा थिए ज्ञानेन्द्र शाह महाराजाधिराजका रुपमा। अनि सडकमा थिए दलहरु र तिनका समर्थकहरु। सोही गीतिभाका बमोजिम व्यवस्था परिवर्तनको कार्यभार पूरा भएको पनि करिब दशक अघि नै हो। किनभने देशले शासकीय…

    विस्तृतमा पढ्नुस्

  • अक्षमको दाग मेटाउँदै चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार

    अक्षमको दाग मेटाउँदै चुनावी गोल गर्न सफल प्रधानमन्त्री देउवालाई बधाई, ओली र प्रचण्ड पनि सफलताका हिस्सेदार

    टिप्पणी तारन्तारका एम्बुस अवरोधले छेकेन। शृङ्खलावद्ध 'बम' विष्फोटनका घट्नाले पनि त्रसित र भयभित जनमनका पाइलाहरु रोक्न सकेन। जनताको स्वतःस्फूर्त चुनावी मोह आइतबार बिहानी सूर्योदयसँगै सुरु र सूर्यास्तसँग सकियो। यो सफल पहिलो चरणको मतदानसँगै चुनावी सफलतामा एक नयाँ कोसेढुंगा थपिएको छ भने संविधान कार्यान्वयनको एक नयाँ अध्याय नयाँ उचाइमा पुगेको छ। साढे ४ हजारभन्दा बढी मतदान केन्द्रमध्ये जम्मा दुई वटा मतदान…

    विस्तृतमा पढ्नुस्

  • गणतन्त्रको आकाशमा चम्किरहनेछन् प्रकाश

    गणतन्त्रको आकाशमा चम्किरहनेछन् प्रकाश

    टिप्पणी मंसिर ३ गते आइतबारको झिसमिसे बिहानी उज्यालो प्रकाश लिएर आइदिएन, प्रचण्ड, सीता, रेणु, बिना वा श्रृजनाहरुको हकमा। बिहानै ५ बजेर ५० मिनेटमा अस्पताल पुर्‍याइएका प्रकाश दाहालले त्यसको दुई-तीन घण्टाअघि अन्तिम सास लिइसकेको नर्भिक अस्पतालले औपचारिक जानकारी दिँदै गर्दा नै प्रचण्ड परिवारमा पुत्र, पति, भाइ वा आत्मीयको अपूरणीय क्षति र वियोग अकाट्य सत्य साबित भइसकेको थियो। पार्टीका एक जना केन्द्रीय सदस्य,…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भर्सेस् नारायणकाजी : 'प्रचण्डको ‘इगो’को जीत'

    बाबुराम भर्सेस् नारायणकाजी : 'प्रचण्डको ‘इगो’को जीत'

    टिप्पणी २०५२ सालमा तत्कालीन माओवादी जनयुद्धका अनेकन कारण थिए। यसमध्ये मुख्य कारण थियो –०४६ को परिवर्तनपछि कांग्रेसले एकछत्र रुपमा सरकार चलाउन पाएको अवसर दुरुपयोग गरेर हर क्षेत्रमा जवर्जस्त लादिएको कांग्रेसीकरण र मध्यावधि चुनावको अस्थिर राजनीतिक दाउपेचको परिणाम। उतिबेलाका जब्बर कांग्रेस र एमालेका स्थानीय नेता कार्यकर्तालाई छानी–छानी मारेर माओवादीले सुरु गरेको जनयुद्ध मुलतः कांग्रेस लक्षित नै थियो। किनकि पञ्चायत पतनपछि सत्ता…

    विस्तृतमा पढ्नुस्

  • रवीन्द्र मिश्रमाथि प्रकाशमानको रन्को

    रवीन्द्र मिश्रमाथि प्रकाशमानको रन्को

    वरिष्ठ पत्रकार किशोर नेपालका शब्दमा खाएर कहिल्यै नअघाउने चट्नी हुन नेपाली राजनीतिक रंगमन्चमा नयाँ पात्र विवेकशील साझा दलका नेता, पूर्व पत्रकार रवीन्द्र मिश्र। काठमाडौं १ मा विवेकशील साझाका प्रतिनिधि सभा उम्मेदवार मिश्र राजनीतिमा विकल्प खोज्ने मतदाता, तप्का र समुहका लागि वैकल्पिक आशाका धरोहर हुन्। काठमाडौं कांग्रेसका सदावहार नेता प्रकाशमान सिंह वा वाम गठबन्धनका युवा प्रत्याशी अनिल शर्माका लागि भोलिको संसद…

    विस्तृतमा पढ्नुस्

  • बुढीगण्डकी खोस्ने निर्णयको राजनीतिक पाटो 'चिनियाँ लगानी रोक्ने सरकारी भुल'

    बुढीगण्डकी खोस्ने निर्णयको राजनीतिक पाटो 'चिनियाँ लगानी रोक्ने सरकारी भुल'

    टिप्पणी उच्चस्तरीय चिनियाँ टोली अन्तरदेशीय रेलमार्गको सम्भाव्यताबारे प्रारम्भिक अध्ययन गरेर स्वदेश फर्किएको केही घण्टापछि चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको बुढीगण्डकी जलविद्युत आयोजना सरकारले खोसेको छ। उत्तरका नाका जोड्ने पूर्वाधार बनाउन सीमा क्षेत्रका नेपालीहरुले जोड दिइरहेको र काठमाडौंस्थित चिनियाँ राजदूतले त्यस्ता पूर्वाधारमा चीनको पनि रुची रहेको बताइरहेको दुई राजनीतिक परिदृश्यबीच आयोजना सिंहदरबारले खोसेको छ।  चीनको राष्ट्रिय रेलसम्बन्धी निकायका उपप्रमुखसहितको टोलीले उत्तरी सीमा केरुङबाट…

    विस्तृतमा पढ्नुस्

  • विप्लवको निसानामा जनार्दन र वर्षमान नै किन?

    विप्लवको निसानामा जनार्दन र वर्षमान नै किन?

    काठमाडौं : २०५२ सालको तत्कालीन माओवादी जनयुद्धका दौरानमा रुकुमका एमाले नेता तथा सांसद यदु गौतमको घाँटी रेटेसँगै बिद्रोहको आगो दन्काउदा नेत्रविक्रम चन्द, जर्नादन शर्मा र वर्षमान पुनहरु एकै मोर्चामा थिए। उनीहरुको साथसाथमा संघर्ष दशक लामो भूमिगत युद्धका दौरान जारी रह्यो। तर, जसै माओवादी २०६३ मंसिर ५ को बृहत शान्ति सम्झौतामार्फत शान्त राजनीतिमा अवतरित भयो, तब विप्लव वर्षमान पुन र जर्नादन…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड vs बिक्रम पाण्डे : के होला चितवन ३ मा?

    प्रचण्ड vs बिक्रम पाण्डे : के होला चितवन ३ मा?

    काठमाडौं : भरतपुरमा आयोजित चुनावी कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू पूर्वसुप्रिम कमाण्डर भएकोमा गौरवान्वित महसुस गरे। प्रचण्ड भनार्इ थियो, ‘तपाईहरुलाई हामी पूर्वजनमुक्ति सेना भयौँ, हाम्रो भूमिका पार्टीले बुझेन भन्ने लागेको होला। तपाईहरु मात्र होइन, म पनि पूर्व नै भएँ। तपाईहरु पूर्वजनमुक्ति सेना, म पूर्वसुप्रिम कमाण्डर। तपाईहरुका समस्या मैले भुलेको छैन। पार्टी एकता हुँदैछ, एकतापछि बन्ने पार्टीले पनि तपाईहरुको…

    विस्तृतमा पढ्नुस्

  • वामगठबन्धनलाई चुनौति दिन हिन्दू कार्ड चलाउने कांग्रेस रणनीति?

    टिप्पणी - प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो।  मूलभूत रुपमा आफूलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा स्वयंद्वारा प्रस्तुत गर्नेगरी महामन्त्री कोइरालाको…

    विस्तृतमा पढ्नुस्

  • वामगठबन्धनलाई चुनौति दिन हिन्दू कार्ड चलाउने कांग्रेस रणनीति?

    टिप्पणी - प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो।  मूलभूत रुपमा आफूलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा स्वयंद्वारा प्रस्तुत गर्नेगरी महामन्त्री कोइरालाको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं १ को निर्वाचन: 'हेभीवेट चुनावी समर'मा लाइट प्रतिद्वन्दी

    काठमाडौं १ को निर्वाचन: 'हेभीवेट चुनावी समर'मा लाइट प्रतिद्वन्दी

    काठमाडौं : निश्चय नै क्षेत्र नम्बर १ को चुनावी प्रतिस्पर्धाले समग्रमा काठमाडौं उपत्यकाको चुनावी नाप नक्शालाई इंगित गर्नेछ। किनभने यो देशको राजधानी सहरको मुख्य क्षेत्र हो। भूगोल, जनसंख्या, जनताको चेतनास्तर र राजनीतिक परिवर्तनका हरेक श्रृङ्खलाको साक्षी बसेका र आफैंमा तुलनात्मक रुपमा धनी र सम्पन्न वर्गको खर्क पनि हो। आसन्न मंसिर २१ गते दोस्रो चरणमा हुन गइरहेको प्रदेश तथा संघको चुनावी प्रतिस्पर्धामा…

    विस्तृतमा पढ्नुस्

  • शशांक अभिव्यक्तिको तरङ : वामगठबन्धनलाई चुनौति दिन हिन्दू कार्ड चलाउने कांग्रेस रणनीति?

    शशांक अभिव्यक्तिको तरङ : वामगठबन्धनलाई चुनौति दिन हिन्दू कार्ड चलाउने कांग्रेस रणनीति?

    टिप्पणी - प्रदेश तथा संसदको चुनावको मुखमा कांग्रेस महामन्त्री शशांक कोइरालाले इतिहासमै आफ्नो दल यसपटक कमजोर बन्दै प्रतिरक्षात्मक अवस्थामा पुगेको स्वीकारेका छन्। महामन्त्री कोइरालाको स्वीकारोक्ति उनको व्यक्तिगत र पदीय कमजोरीको समीक्षा मात्रै होइन, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाका लागि आलोचना, चुनौति र खतरा पनि हो।  मूलभूत रुपमा आफूलाई भावी प्रधानमन्त्री र पार्टी सभापतिका रुपमा स्वयंद्वारा प्रस्तुत गर्नेगरी महामन्त्री कोइरालाको…

    विस्तृतमा पढ्नुस्

  • एक जना प्रथम राष्ट्रपतिलाई पाल्न सक्ने हैसियत छैन हाम्रो गणतन्त्रको? 

    एक जना प्रथम राष्ट्रपतिलाई पाल्न सक्ने हैसियत छैन हाम्रो गणतन्त्रको? 

    टिप्पणी - कात्तिक २१ गतेको बजारको बिकाउ खबर थियो, पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवको घर भाडा प्रकरण। घर भाडाका विषयमा पटकपटक समस्यामा पर्दै आएका गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादव पुनः समस्यामा परेको खबरले देश विदेशमा नयाँ बहस नै शुरु गर्‍यो।  सरकारसँग सम्झौता गरी यादवलाई घर भाडामा उपलब्ध गराउँदै आएका ललितपुर महानगरपालिका ४, बागडोलका रविभक्त विष्टले सम्झौता नवीकरण नभएको भन्दै १५…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् बालकृष्ण ढुंगेल पक्राउका राजनीतिक 'कनेक्सन'

    यस्ता छन् बालकृष्ण ढुंगेल पक्राउका राजनीतिक 'कनेक्सन'

    गृह मन्त्रीको समेत कार्यभार संहालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन माओवादी 'जनयुद्ध'का एक युद्ध आरोपी पूर्वमाओवादी सभासद बालकृष्ण ढुंगेललाई पक्राउ गराएका छन्। गृह मन्त्रीका रुपमा देउवाको यो उम्दा उपलव्धी कर्म हो। कानूनको शासन र सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा यो सरकारको सबैभन्दा ठूलो उपलव्धी हो।  तर संविधान कार्यान्वयनका लागि प्रदेश तथा संसदको चुनाव आउन ठिक २६ दिनअघि गृह मन्त्री मातहतको नेपाल प्रहरीको…

    विस्तृतमा पढ्नुस्

  • दोलखाको लालसत्तालाई लालकुमारको धावा

    दोलखाको लालसत्तालाई लालकुमारको धावा

    २०४६ सालको कांग्रेस वाममोर्चाको पन्चायत विरोधी संयुक्त जनआन्दोलनमा वाममोर्चाकी संयोजक थिइन् तत्कालीन नेकपा मार्क्सवादी नेतृ सहाना प्रधान। वाममोर्चाको तर्फबाट उपत्यका संघर्ष समितिका संयोजक थिए, दोलखाका माले नेता जीतवीर तामाङ। र, जीतवीरहरुका सारथी थिए पशुपति चौलागाई, लालकुमार केसीहरु। २०४६ को जनआन्दोलनको सफलतासँगै माले र मार्क्सवादीको एकीकरणपछि मनमोहनअधिकारी एमालेको पहिलो अध्यक्ष भए। २०४८ को आम चुनावपछि विपक्षी दल बनेको एमाले संसदीय दलको…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्रको शासकीय महत्त्वाकांक्षा : 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो'

    पूर्वराजा ज्ञानेन्द्रको शासकीय महत्त्वाकांक्षा : 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो'

    टिप्पणी - उनकै शब्दमा देशको नेतृत्वविहिनताको वर्तमानमा पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिने र नेतृत्व दिने उपयुक्त बेला आएको दाबी गरेका छन्। कात्तिक ४ को भाइटीकामा पूर्वराजाबाट आएको यो शासकीय महत्वाकांक्षाको रहरको ठीक भोलिपल्ट देश संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रदेश र प्रतिनिधिसभाको चुनावको पहिलो चरणको पहिलो कार्यसूचि पूरा गर्न सफल भएको छ। पूर्व राजा शाहका लागि 'म ताक्छु मूढो, बन्चरो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell