PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पाँच वर्षीय बालकको हत्या



पहिलोपोस्ट

पाँच वर्षीय बालकको हत्या

धादिङ : दक्षिण धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ। 

हत्यामा २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए। 

घरमै सुतेका बालकलाई मुङ्ग्रोले हानी घाँटी थिचेर हत्या गरेको ताल्तिका शिक्षक तुलसी थापाले बताए। 

बालकको हत्यापछि आरोपी तामाङलाई डोरीले बाँधी नियन्त्रणमा लिएर प्रहरीलार्इ जिम्मा लगाएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell