PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सिरहा क्षेत्र नं १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस



पहिलोपोस्ट

सिरहा क्षेत्र नं १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस

लहान : आगामी प्रतिनिधि सभा निर्वाचनमा सिरहा क्षेत्र नं १ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस भएको छ। 

एमाले क्षेत्रीय समितिको बैठकले क्षेत्र नं १ बाट सर्वसम्मत रुपमा अध्यक्ष ओलीको नाम सिफारिस गरिएको क्षेत्रीय अध्यक्ष रामदयाल यादवले जानकारी दिए। 

यस्तै, एमालेको क्षेत्रीय कमिटीले प्रदेश सभा निर्वाचनका लागि प्रदेश सभा क्षेत्र नं १ बाट राजेन्द्र चौधरी र प्रदेश सभा क्षेत्र नं २ बाट अशोक यादवको नाम सिफारिस भएको एमाले सिरहाले जनाएको छ। 

प्रतिनिधि सभाका लागि चार निर्वाचन क्षेत्र कायम भएको सिरहाका अन्य तीन क्षेत्रमा भने उम्मेदवारको नाम सिफारिस भएको छैन।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell