PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

मिस र मिस्टर वीरगंजको उपाधी दिपा र धनेश्वरलाई



राधेश्याम पटेल

मिस र मिस्टर वीरगंजको उपाधी दिपा र धनेश्वरलाई

वीरगंज : मिस वीरगंज २०१७ को उपाधि दिपा कार्की र मिस्टर वीरगंजको उपाधी धनेश्वर सिंहले जितेका छन्। शनिवार राती सम्पन्न तेस्रो संस्करणको फिनालेमा महिलातर्फमा कार्की र पुरुषतर्फमा सिंह विजेता घोषित भएका हुन्।

नेप्सस्क्रू इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित मिस र मिस्टर वीरगंज २०१७ का दुवै विजेताले नगद ११ हजारसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे।

मिस्टर वीरगंजतर्फ फस्ट रनर्सअप विवेक लामिछाने, सेकेन्ड रनर्सअप सन्दिपकुमार पण्डित, भिवर च्वाइस धनेश्वर सिंह, पिपल च्वाइस (फेसबुक लाइक्स) गोकुल गुप्ता बेस्ट पर्सनालिटि सन्दीपकुमार गुप्ता, बेस्ट फ्रन्डिलि रकि झा,बेस्ट फोटोजेनिक आकाश कलवार, बेस्ट स्माइल विवेक लामिछाने, बेस्ट ट्यालेन्ट धनेश्वर सिंह, बेस्ट डिसिपिलिन विनित मिश्रा, बेस्ट ड्रेस गोकुल गुप्ता र बेस्ट वाक विवेक लामिछाने घोषित भए।



मिस वीरगंजतर्फ भने फस्ट रनर्सअप दिक्षा सिंह, सेकेन्ड रनर्सअप श्वेता क्षेत्री, भिवर च्वाइस प्रियारानीरश्मी सिंह, पिपल च्वाइस प्रियारानीरश्मी सिंह, मिस प्रेन्डिली रेश्मा चौधरी, मिस फोटोजेनिक सलोनी विस्ट, बेस्ट स्माइल दिपा कार्की, मिस ट्यालेन्ट प्रियारानीरश्मी सिंह, बेस्ट डिसिपिलिन दिक्षा सिंह, बेस्ट ड्रेस सुजाता थापा,बेस्ट कैटवाक श्वेता क्षेत्री घोषित भए।

कार्यक्रममा मोडेल तथा अभिनेत्रीद्वय ज्वेतश्ना योगी र नम्रता श्रेष्ठ एवं व्यवसायी जग सिंह निर्णायक रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell