PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मालश्री ट्रष्टद्वारा ६ सय विद्यार्थीलाई छात्रवृत्ति वितरण



पहिलोपोस्ट

मालश्री ट्रष्टद्वारा ६ सय विद्यार्थीलाई छात्रवृत्ति वितरण

मन्थली : मालश्री ट्रष्टले रामेछापको सेतीदेवी उच्च माध्यामिक विद्यालयका कक्षा ११ र १२ का ६ सय विद्यार्थीलाई एक हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरेको छ।

यस्तै, ट्रष्टले एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रा सरस्वती मोक्तानलाई ११ हजार नगद र पदकसहित मालश्री अवार्ड प्रदान गरेको छ।

ट्रष्टकी अध्यक्ष निलिमा काफ्लेले २०७३ सालको एसइइमा उत्कृष्ट अंक ल्याउने छात्रालाई सम्मान गरेकी हुन्।

कार्यक्रममा ट्रष्टले त्यही विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरेको छ।

कार्यक्रममा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेले विद्यालयमै सिएमए नियुक्ति गरी स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याउन ट्रष्टले सहयोग गर्ने घोषणा गरेका छन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ काफ्लेकी छोरी मालश्री काफ्लेको सम्झनामा ट्रष्ट स्थापना गरिएको हो। ट्रष्टले रामेछापका विभिन्न विद्यालयमा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै आएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell