झापा : प्रहरीले झापामा ७० फरार अभियुक्तलाई पक्राउ गरेको छ।
झापा जिल्ला अदालतबाट विभिन्न अपराधमा दोषी ठहर भई कैद तथा जरिवाना सुनाएसँगै फरार भएका अभियुक्तलाई प्रहरीले दुई महिनाको अवधिमा जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक विष्णुकुमार केसीले जानकारी दिए।
चाडपर्वको मौका छोपी घर आएको समयमा १० फरार अभियुक्तलाई एकै दिन पक्राउ गर्न प्रहरी सफल भएको थियो।
अदालतको फैसला पछि फरार सूचीमा रहेका थप अभियुक्तको खोजीका लागि जिल्लाका प्रत्येक इलाका, चौकी र वडाका इञ्चार्जलाई निर्देशन दिइएको प्रहरी उपरीक्षक केसीले बताए।रासस