PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

अनुदानको प्रलोभन देखार्इ झापाका २८ किसानबाट २० लाख ठगी एक फरार  



पहिलोपोस्ट

अनुदानको प्रलोभन देखार्इ झापाका २८ किसानबाट २० लाख ठगी एक फरार  

झापा : ‘कृषि अनुदान उपलब्ध गराइदिन्छु’ भन्दै एक जनाले झापामा किसानबाट २० लाख रुपैयाँभन्दा बढी ठगी गरेको छ। 

इलाम घर बताउने विनोद राईले डेनमार्क सरकारबाट प्राप्त कृषि अनुदानको प्रलोभन देखाएर रोङ गाउँपालिका र सूर्योदय नगरपालिकाका २८ जना किसानबाट रकम ठगी गरेको हो।

‘किसानलाई बंगुरपालन, कुखुरापालन, गाईपालन, अलैँची खेतीलगायतका शीर्षकमा अनुदान मिलार्इ दिन्छु भन्दै ठगी गरेको उजुरी परेको छ’– प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले भने,‘मोटो रकमको प्रलोभन देखाएर ठगी गरेको पाइएको छ।’ 

पीडक राईले आफ्नो नाम, ठेगाना गलत बताएको पनि उनले बताए। प्रहरीले राईको परिचयपत्र फेला पारेको र छिट्टै समातिने बताएको छ।

घटना विवरणअनुसार गत शुक्रबार विर्तामोडमा किसानलाई बोलाएर प्रतिव्यक्ति २० हजारदेखि एक लाख लिएर फरार भएको पीडित पुरन राईले बताए। 

विनोदले आफूहरुलाई विश्वासमा लिएर ठगी गरेको बताउँदै उनले भने,‘डेनमार्क सरकारले अनुदान दिन्छ भनेर राम्रो किसानको खोजी गर्दै विनोदले एक महिनासम्म लगातार आएर अलैँची बिरुवाको उचाइ, गोलाइ नाप्ने गरेको थियो। हामी विश्वासमा पर्र्यौं, मान्छे ठग रहेछ थाहै पाएनौं ।’ 

कृषि उत्पादनको बृहत् योजना बाँड्दै बसेका राईले अनुदानका लागि आफैँले अशायपत्र (प्रपोजल) समेत बनाइदिएका थिए। त्यसवापत हरेक किसानबाट ५०० शुल्क लिएको पीडित पुरनले बताए। 

अशायपत्र स्वीकृत पाएका किसानले तीन प्याकेजमा तीन लाख, छ लाख र १२ लाख अनुदान पाउने आश्वासन पाएको पीडितको भनाइ छ। 

अनुदानबापत किसानले अग्रीम २० प्रतिशत रकम बुझाउनुपर्ने शर्त थियो। सोही शर्तअनुसार कृषकले रकम बुझाएका हुन्। किसानले बुझाएको रकम लिएर राई फरार भएपछि पीडितले इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएका छन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell