PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

अर्को शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेता किमको निर्देशन



पहिलोपोस्ट

अर्को शक्तिशाली परमाणु विकास गर्न उत्तर कोरियाली नेता किमको निर्देशन
फोटो श्रोतः telegraph.co.uk

प्योङयाङ :  उत्तर कोरियाली नेता किम जोङ उनले फेरि अर्को परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएका छन्। उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण गरेको थियो।

सो बम परीक्षणको विश्वव्यापी रुपमा नै विरोध भएको थियो। परीक्षणको विरोधमा संयुक्तराज्य अमेरिकाको प्रस्तावमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाएको छ। 

तर उक्त नाकाबन्दीको बाबजुत उत्तर कोरियाली नेताले शनिबार आणविक विकासमा सम्बद्ध अधिकारीलाई थप परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिएका हुन्। 

उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएले जनाएअनुसार कोरियाली वर्कस् पार्टीको सातौँ साधारण बैठकलाई सम्बोधन गर्दै  नेता किमले परमाणु परीक्षणको तयारीका लागि निर्देशन दिएका हुन्। 

उत्तर कोरियाले सेप्टेम्बर ३ मा गरेको हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षणको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बमभन्दा तीन गुणा ठूलो भएको बताइएको छ। 

सो परीक्षणपछि अमेरिकाले दिएको धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित नै हुने जनाएको थियो। 

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश दिनुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिए।रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell