.jpg)
काठमाडौं : मंगोलियाको उलन्बटारमा जारी नवौं विश्व शारीरिक सुगठन च्याम्पियनसिपमा नेपाली महिला खेलाडी ननिता महर्जनले रजत पदक जितेकी छिन्।
प्रतियोगिताअन्तर्गत आइतबार भएको एथलेटिक फिजिक्सतर्फ महिला १६० सेन्टिमिटर उचाईमा ननिता महर्जनले रजत जित्दै नेपाललाई दोस्रो पदक दिलाइन्।
ननिताको स्पर्धामा ८ जनाले प्रतिस्पर्धा गरेका थिए। सोही स्पर्धामा ननिताले थाइल्यान्डको पटायामा २०१६ मा भएको आठौं संस्करणमा कांस्य जित्दै नेपाली शारीरिक सुगठनको इतिहासमा पहिलो पदक जित्ने महिला खेलाडीको इतिहास रचेकी थिइन्।
ननिताअघि मंगोलियामा नेपालका रुजेश शाहीले पुरुष ६० केजी तौल समूहमा कांस्य पदक जितेका थिए।