PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

किन दोव्बर बढ्यो विराटनगरमा तरकारीको मूल्य ?



पहिलोपोस्ट

किन दोव्बर बढ्यो विराटनगरमा तरकारीको मूल्य ?

विराटनगर : चाडपर्वसँगै विराटनगर बजारमा तरकारीको मूल्यमा दोब्बर वृद्धि भएको छ। 

विराटनगर बजारमा खपत हुने अधिकांश तरकारी मोरङको दक्षिणपूर्वी क्षेत्रका साथै सुनसरीको देवानगञ्जबाट आउने गर्दछ। तर, ती क्षेत्रमा भदौं महिनामा आएको बाढीले डुबानमा परेपछि तरकारी उत्पादनमा कमी भई मूल्य वृद्धि भएको हो। 

कम उत्पादनका कारण उपभोक्ता दोब्बर मूल्यमा तरकारी किन्न बाध्य भएका छन्। एकातिर तरकारीखेती हुने क्षेत्र डुबानमा परेपछि उत्पादनमा कमी आएको र अर्कोतिर विराटनगरको सीमावर्ती क्षेत्र जोगबनीस्थित मीरगञ्जमा पुल भत्केकाले आयातमा आएको कमीका कारण तरकारीको मूल्य वृद्धि भएको व्यापारी बताउँछन्। 

नेपालको पहाडी क्षेत्र र भारतबाट आयात गरेर व्यावसायीले विराटनगर बजारमा तरकारीको आपूर्ति गर्दै आएको छ। पहाडी जिल्लाबाट आयात गर्दा ढुवानी खर्च वृद्धि हुने र भारतबाट पनि तरकारी आयातमा आएको कमीले गर्दा मूल्यमा वृद्धि भएको तरकारी व्यवसायीहरु बताउँछन्। 

बाढी आउनुअघि प्रतिकिलो २५ रुपैयाँ पर्ने प्याज अहिले ५० छ भने ३० रुपैयाँ पर्ने आलु ६० पुगेको छ। 

यस्तै ४० रुपैयाँ प्रतिकिलो पर्ने गोलभेँडा ६० देखि ७० पुगेकाे छ। यस्तै ५० रुपैयाँ प्रतिकिलो पर्ने रामतोरिया अहिले ८०, प्रतिकिलो २५ रुपैयाँ पर्ने घिरौंला ४० देखि ५० रुपैयाँ तथा ३० रुपैयाँ प्रतिकिलो पाइने काक्राको मूल्य अहिले ६० पुगेको छ। 

बजारमा तरकारीको मूल्य वृद्धिले अन्य सामानको बजेट घटाएर तरकारीमा खर्च गर्नु परेको विराटनगर–९ का गृहिणी विद्या पाण्डेले बताइन्। 

विराटनगर बजारमा दैनिक २५ देखि ३५ टन हरियो तरकारी बिक्री हुने गरेको तरकारी व्यवसायीहरु बताउँछन्। 

माग अनुसारको आपूर्ति हुन नसकेपछि व्यापारीले आफूखुसी तरकारीको मूल्य निर्धारण गर्ने गरेको र बजार अनुगमन प्रभावकारी नहुँदा पनि आम उपभोक्तालाई चर्को मूल्यमा तरकारी किन्नुपर्ने बाध्यता रहेको छ ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell