PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

सकारात्मक प्रतिक्रियालाई ताली, आलोचनालाई गाली गर्ने दीपक र डेभिड



पहिलोपोस्ट

सकारात्मक प्रतिक्रियालाई ताली, आलोचनालाई गाली गर्ने दीपक र डेभिड

काठमाडौं : नेपालमा दुई दिनकाे अन्तरमा सार्वजनिक भएका फिल्महरु हुन् 'छक्का पञ्जा २' र 'जुडुवा २'। असोज ११ गते बुधबार फूलपातीको अवसरमा रिलिज गरिएको छक्का पञ्जा २ र १३ गते रिलिज जुडुवा २ दुवैले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहदा समीक्षक र दर्शकबाट भने मिश्रित प्रतिक्रिया पाइरहेका छन्। समीक्षकहरुले फिल्मको कमजोर र नकारात्मक पक्षबारे लेख्दा छक्का पञ्जा २ निर्माता एवं लेखक दीपकराज गिरीले र जुडुवा २ निर्देशक डेविड धवनले एकै किसिमको प्रतिक्रिया दिंदै आएका छन्।

जुडुवा दुईलाई हिन्दुस्तान टाइम्सका रोहित भाटले पाँचमा दुई तारा दिंदै लेखेका छन्,'जुडुवा दुई कलात्मक फिल्म होइन तर, फिल्मको कमेडीले १४९ मिनेट मुड फ्रेस गरिदिन्छ।

त्यस्तै आइएमडिवीले फिल्मलाई २ तारा दिएको छ। इन्डियन एक्सप्रेसले फिल्मलाई जुडुवा प्रिक्वेलको रिक्याप भनिदियो र दियो २ तारा।

बम्बई टाइम्समा जनाएको अनुसार डेविड धवनले जुडुवा २ को समीक्षा गर्नेलाई जवाफ दिंदै भने,'समीक्षकलाई उनीहरुको रमाइलो गर्न दिनुस्। यदि उनीहरु सही र म गलत हुन्थे भने मैले आजसम्म फिल्म बनाउँदै हुन्थिन।' उनले आफूले बनाउने शैलीको कमेडी फिल्मबारे स्पष्टिकरण दिंदै भने,'चलाई रहेको गाडीको बोनेट खोलिदैंन। मेरै फर्मुलाको कमेडी फिल्मलाई दर्शकले रुचाएका छन् भने किन शैली परिवर्तन गरुँ?' उनले त मनमोहन देशाईलाई कसैले उनको फिल्म बनाउने शैली परिवर्तन गर भनेको छ? प्रश्न गर्नसमेत भ्याए।

नेपाली फिल्मको हकमा छक्का पञ्जा २ निर्माता दीपकराज गिरीले उस्तै प्रतिक्रियात्मक देखिएका छन्। छक्का पञ्जा २ को तारिफ र सकारात्मक समाचारका प्राय पोस्टमा धन्यवाद लेख्दै प्रतिक्रिया दिइरहेका उनले नकारात्मक टिप्पणी र आलोचनालाई सहज रुपमा लिएको पाईंदैन। उसो त 'नकारात्मक कुराहरुमा मलाई चासो छैन' भनेको पटकपटक सुनिन्छ तर, सामाजिक सञ्जालमा त्यस्तो देखिंदैन। फिल्मको समीक्षामा गिरी व्यक्तिगत प्रस्तुत भए।



दीपकराज गिरीले त दशैंको शुभकामनासमेत 'मेरो प्रगतीले तपाई बिरामी पर्नुहुन्छ भने म तपार्इलाइ अझै रोगी बनाउने छु' लेखेर दिए। 



 उनले व्यङ्ग्य गर्दै अर्को स्टाटस लेखेका छन्, 'संघर्षशील मान्छे रुख चढेर फल टिपेर खान्छ, मूर्ख तल बसेर त्यो फल अमिलो छ भनेर गाली गरेर रमाउँछ!!' 

सकारात्मक कुराहरु लेखेर फेसबुकमा हजारौँ फ्यान फलोइङ बटुलेका दीपकराज गिरी कसले, कहाँ, के भन्छ भन्ने कुरामा सतर्क रहन्छन् र ती कुरामा उनलाई चासो हुन्छ भन्ने कुरा उनको प्रतिक्रिया र प्रष्टिकरणहरुले झल्काउँछ। उनले शनिबार पनि 'मेरो उत्तर' क्याप्सनसहित फोटो पोस्ट गरे। तर प्रश्न के? 

फिल्मले राम्रो नराम्रो दुवै किसिमको प्रतिक्रिया पाईरहँदा यी दुई फिल्मकर्मी सकारात्मक प्रस्तुत हुन खोजेका छन् तर, उनीहरुले दिएको जवाफ र देखाएको व्यवहारले बोलीलाई साथ नदिएको पक्कै हो। कलकारले यसरी सकारात्मक प्रतिक‍्रियामा ताली बजाउने अनि आलोचनामा गाली गर्ने प्रवृत्तीलाई दर्शकले कसरी लिने?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell