चितवन : चितवनको रत्ननगरस्थित शान्तिचोकमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
पूर्वी चितवनबाट भरतपुरतर्फ आइरहेको ना १६ प ७९३१ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ३ त ३३४५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको राप्ती नगरपालिका–७ का मनोजकुमार पोखरेलको मृत्यु भएको हो।
गम्भीर घाइते भएका पोखरेलको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।रासस