PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एमाले जुम्लाबाट १० जनाको नाम केन्द्रमा सिफारिस



पहिलोपोस्ट

एमाले जुम्लाबाट १० जनाको नाम केन्द्रमा सिफारिस

जुम्लाः संघ र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्न जुम्लाबाट नेकपा एमालेले १० जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। 

प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फ उम्मेदवार छनोटका लागि क्षेत्र नं १ बाट तीर्थबहादुर बुढा र क्षेत्र नं २ बाट पदमबहादुर रोकायाको नाम सिफारिस गरिएको छ। 

त्यस्तै, क्षेत्र नं १ बाट समानुपातिक उम्मेदवार गंगा महत, आदिप्रसाद न्यौपाने र क्षेत्र नं २ बाट देवु शाही र देवु गिरीको नाम सिफारिस गरिएको नेकपा एमालेका नेता पदमबहादुर रोकायाले जानकारी दिए। 

त्यसैगरी, एक क्षेत्र रहेको संघको प्रत्यक्ष उम्मेदवारमा धीरेन्द्र गिरी र गोर्खे सार्की, समानुपातिकमा कालिबहादुर रोकाया र हिमाली खत्रीलाई सिफारिस गरिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell