PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

कपिल शर्मा टेलिश्रृङ्खला 'आदत से मजबुर'मा



पहिलोपोस्ट

कपिल शर्मा टेलिश्रृङ्खला 'आदत से मजबुर'मा

द कपिल शर्मा सो बन्द हुनुले कपिल शर्माका फ्यानलाई केही निराश बनाएको छ। उनले केही समय ब्रेक लिएर पुन: कार्यक्रम लिएर आउने बताएका छन्। रक्तचापको आयुर्वेदिक उपचार गराइरहेका उनले यो ब्रेकमा पनि दर्शकलाई हसाउँन भने नछाड्ने भएका छन्। जसका लागि सब च्यानलबाट प्रशारण हुने हास्य टेलिश्रृङ्खला 'आदत से मजबुर'मा उनी देखिने भएका छन्।

टेलिश्रृङ्खलामा उनी नियमित कलाकार भने होइनन। एक श्रृङ्खलामा उनी अतिथि कलाकारको भूमिकामा देखिन लागेका हुन्। उनले 'द कपिल शर्मा सोकै सेट'मा उक्त कार्यक्रमको लागि विशेष सुटिङ गरेको बलिउड हंगामाले जनाएको छ। उक्त शोको प्रचार प्रसारको लागि कपिल शर्मा देखिन लागेका हुन्।

आदत से मजबुर पाँच युवाहरुको कथा हो। जो भारतीय म्यागजिन 'सिटी चक्कर'मा काम गर्छन्। कपिल शर्माको फिल्म 'फिरङ्गी' पनि आउँदो नोभम्बर १० बाट प्रदर्शनमा आउँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell