PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

'छक्का पञ्जा २' व्यापार, ११ दिनमा ११ करोड



पहिलोपोस्ट

'छक्का पञ्जा २' व्यापार, ११ दिनमा ११ करोड

काठमाडौं: फिल्म 'छक्का पञ्जा २'ले प्रदर्शनको ११ दिनमा ११ करोडको व्यापार गरेको छ। वितरक गोपाल कायस्थले फिल्मले गरेको ग्रस कलेक्शनको जानकारी दिएका हुन्।

देशभर १०० बढी पर्दामा प्रदर्शन भएको फिल्मले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएपनि व्यापार राम्रो देखिन्छ। फिल्मकै प्रिक्वेल भनिएको 'छक्कापञ्जा'ले सर्वाधिक कमाई गर्ने फिल्ममा नाम लेखाएको छ। उक्त फिल्मले ५२ दिन मनाउँदा १६ करोड ग्रस कमाइ गरेको दाबी गरिएको थियो।

फिल्मको व्यवसाय राम्रो भैरहँदा दीपकराज गिरीले पुन: एम्बुलेन्स सहयोग गर्ने संकेत गरेका छन्। उनले फेसबुकमा सहयोग स्वरुप हस्तान्तरण गरेको फोटो राख्दै लेखेका छन्,'यो एम्बुलेन्सले साथी खोजे जस्तो छ'। यसअघि छक्का पञ्जाले गरेको व्यापारबाट फिल्म युनिटले फिल्म सुटिङ गरिएको काभ्रेको पनौती, डाँडागाउँमा एम्बुलेन्स सहयोग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell