PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

घरको पर्खाल भत्किँदा एकको मृत्यु



पहिलोपोस्ट

कलैयाः आफ्नै घरको पर्खालले च्यापिएर बारामा एक जनाको मृत्यु भएको छ। 

कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर का ६५ वर्षीय अहमद अन्सारीको आज बिहान पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए। 

पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको प्रवक्ता साहले बताए।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell