PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

लोकतान्त्रिक गठबन्धनको प्याकेज गृहकार्य आजबाट



पहिलोपोस्ट

लोकतान्त्रिक गठबन्धनको प्याकेज गृहकार्य आजबाट

काठमाडौं :  लोकतान्त्रिक गठबन्धनको आजबाट बृहत गृहकार्य सुरु भएको छ। 

सरकारका निर्वाचनसम्मका न्यूनतम साझा कार्यक्रम, यो गठबन्धन किन भन्ने सन्दर्भमा अवधारण पत्र र सिट संख्या बाडफाटका विषयमा आजबाट छलफल सुरु भएको हो। 

‘हिजोसम्म छुट्टाछुट्टै कुराकानी भइक्षरहेको थियो आजबाट राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम (संसफो)सँग संयुक्त कुराकानी हुन लागेको छ,’ राजपाका तर्फबाट कार्यदल सदस्य सर्वेन्द्रनाथ शुक्लले भने, ‘अब यो सरकारका न्यूनतम साझा कार्यक्रम, गठबन्धनको औचित्य प्रष्ट हुनेगरी अवधारणा र सिट बाडफाँटका विषयमा बुँदागत रुपमा नैं छलफल हुने छ।’ 

उनले सिट विभाजन पनि हचुवामा नहुने भन्दै त्य्सका लागि मापदण्ड र खाका वस्यक हुने बताए।‘कांग्रेसले १ सय ६५ मध्ये एकसय २० सिटमा दावी गर्छ भने त्यसको आधार के भनेर पनि प्रस्ट पार्नुपर्यो’ शुक्लले भने।

कांग्रेस, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नेपाल लोकतान्त्रिक र संघीय समाजवादी फोरम मिलेर चुनावी तालमेलका लागि बन्न लागेको गठबन्धनमा राजपा, राप्रपा र संघीय समाजवादी फोरमसँग सरकारका न्यूनतम साझा कार्यक्रमका विषयमा पनि कुरा भइरहेको छ। अन्य तीन दल भने सरकारमा नैं सहभागी छन्। 

यस अघि नै राजपा र संघीय समाजवादी फोरमले चुनावी तालमेलको सहमतिमा हस्ताक्षर गरिसकेका छन्। त्यसैले कांग्रेसले उनीहरु दुबै दलसँग संयुक्त डिल गर्न लागेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell