PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

‘जुडुवा २’ नौ दिनमा सय करोड क्लबमा



पहिलोपोस्ट

‘जुडुवा २’ नौ दिनमा सय करोड क्लबमा

प्रदर्शनरत बलिउड फिल्म ‘जुडुवा २’ सय करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको ९ दिनमा फिल्मले एक सय करोडको व्यापार गरेको हो।

बक्स अफिस इन्डियाका अनुसार जुडुवा २ ले पहिलो साता मात्र ९५ करोड २५ लाखको व्यापार गरेको थियो। शुक्रबार ४ करोड २५ लाख र शनिबार ५ करोड ७५ लाखको व्यापार गर्दै फिल्मले कुल १०४ करोडको व्यापार गरेको छ।

सलमान खान र शाहरुख खानका फिल्महरु फ्लप भइरहेको अवस्थामा सलमान खानकै सन् १९९० को दशकमा सुपरहिट बनेको फिल्मको सिक्वेलको बक्स अफिसमा यो सफल यात्रा हो। आइतबार फिल्मले २२ करोड कमाउँदा सार्वजनिक भएको तीन दिनमा फिल्मले कूल ५८ करोड २५ लाख बटुलेको थियो।

वरुण धवन, तापसी पन्नु, ज्याकलिन फर्नान्डेज अभिनित फिल्मलाई डेभिड धवनले निर्देशन गरेका हुन्। कमेडी जनराको फिल्मले बक्स अफिसमा धमाका गरे पनि समीक्षकले भने राम्रो प्रतिक्रिया दिएका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell