
काठमाडौं : वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौँ चरणको दोस्रो खेलमा शीर्ष स्थानको नेदरल्याण्ड्स केन्यासंग हारेपछि शीर्ष चारमा पर्ने होड रोमाञ्चक बनेको छ।
पहिलो खेलमा विजयी भएको नेदरल्याण्ड दोस्रो खेलमा केन्यासंग २ विकेटले हारेपनि शीर्ष चारमा रहने पक्का छ। पहिलो खेलमा ६ विकेटको जित हात पारेको डच टोली दोस्रो खेलमा भने घरेलु टोली केन्यासंग २ विकेटले पराजित भयो।
दुई खेलको सिरिज १-१ को बराबरी भएपछि १२ खेलबाट १८ अंक जोडेको नेदरलयाण्ड अंक तालिकामा शीर्ष स्थानमा छ। यता नेदरलयाण्ड्सलाई हराउने दोस्रो टोली बनेको केन्या १२ खेलबाट १२ अंक जोड्दै चौथो स्थानमा उक्लेको छ र शीर्ष चारमा पर्दै वान डे विश्वकपक छनोटमा पुग्ने सम्भावना कायम राखेको छ। केन्या अघि नेदरल्याण्ड्सलाई हराउने एक मात्र टोली नेपाल थियो।
अहिले यही खेलको नतिजाले नेपाललाई दबाब बढेको छ। ८ टोली सम्मिलित च्याम्पियनसिपमा ८ अंक मात्र जोडेको नेपाल छैटौँ स्थानमा छ। अब नेपाल र हङकङले मात्र छैटौँ चरणका खेलहरु खेल्न बाँकी छन्। यी खेलहरु अक्टोबर १३ र १५ मा हङकङमा हुँदैछ। दुवै टोलीका लागि दुई खेल उत्तिकै महत्वपूर्ण छ। अझ केन्याले नेदरल्याण्ड्सलाई हराएपछि त नेपालका लागि हङकङ विरुद्धको खेल निकै महत्वपूर्ण बनेको छ।
अब नेपालको बाटो प्रष्ट छ। हङकङलाई दुवै खेलमा हराए शीर्ष चारको होडमा कायम रहनेछ भने दुई खेल हारेमा शीर्ष चारको होडबाट बाहिरिने पक्का छ। यस्तै एक खेल मात्र जितेको नेपालको झिनो सम्भावना बाँकी रहन्छ।
नेपालले हङकङलाई दुवै खेलमा हराउने र अन्तिम चरणको युएई विरुद्२ दुई खेलमा नि विजयी भएकव शीर्ष चारमा अटाउन सक्छ। यसका लागि स्कटल्याण्डले केन्यालाई हराउनपर्नेछ।
पहिलो र दोस्रो चरणमा क्रमश: स्कटल्याण्ड र पपुवा न्यूगिनीसंग दुवै खेल हारेको नेपालले घरेलु मैदानमा भएकव तेस्रो चरणमा नामिवियालाई दुवै खेलमा पराजित गरेको थियो। चौथो चरणमा नेदरल्याण्ड्स १-१ को बराबी खेलेको नेपालले घरेलु मैदानमा केन्यासंग पनि अंक बाँडेको थियो।