
पोल्याण्ड अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट भएको छ। युरोपेली छनोटअन्तर्गत समूह ई को सबै खेल सकिदा शीर्ष स्थानमा रहदै पोल्याण्डले विश्वकपको टिकट काटेको हो।
पोल्याण्डको समूहको अन्तिम खेलमा मोन्टेनेग्रोलाई ४-२ ले हरायो।
यस्तै रोमानियासँग १-१ को बराबरी खेल्दै डेनमार्क यस समूहबाट दोस्रो स्थानमा रहदै प्लेअफका लागि छनोट भएको छ।
यता जर्मनी र इंगल्याण्ड शीर्ष स्थानमा रहदै छनोट भएको समूहबाट क्रमश: उत्तरी आयरल्याण्ड र स्लोभाकिया प्लेअफका लागि छनोट भएको छ। जर्मनीले छनोटमा सबै १० खेल जित्ने क्रममा अन्तिम खेलमा अजरवैजानलाई ५-१ ले हरायो। नर्वेसँग १-० ले हार्नका बावजुत पनि समूहमा दोस्रो ह्ँदै उत्तरी आयरल्याण्डले प्लेअबाट छनोट हुने सम्भावना कायमै छ।
यस्तै कप्तान ह्यारी केनको निर्णायक गोल मद्दतमा इंगल्याण्डले अन्तिम खेलमा लिथवुनियालाई १-० ले हरायो। स्लोभाकियाले अन्तिम खेलमा माल्टालाई ३-० ले हरायो। स्लोभेनियासँग २-२ गोलको बराबरी खेल्दै स्लोभाकिया समान १८ अंक जोडेपनि स्कटल्याण्ड गोलअन्तरमा पछि पर्दै प्लेअफमा पनि छनोट हुन सकेन।