PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

मोहमद सलाहले २ गोल गरेपछि इजिप्ट २८ वर्षपछि विश्वकपमा



पहिलोपोस्ट

मोहमद सलाहले २ गोल गरेपछि इजिप्ट २८ वर्षपछि विश्वकपमा

मोहमद सलाहले इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गर्दै कंगो विरुद्ध २-१ को जित दिलाएपछि इजिप्ट १९९० पछि पहिलो पटक विश्वकपमा छनोट भएको छ।

अफ्रिकन छनोटअन्तर्गत समूह ई को खेलमा सलाहले इजिप्टका लागि दुवै गोल गरेका हुन्।

इजिप्ट अर्को वर्ष रसियामा हुने विश्वकपका लागि छनोट हुने दोस्रो अफ्रिकन तथा समग्रमा १५औँ राष्ट्र हो।

यसअघि अफ्रिकाबाट नाइजेरियाले विश्वकपकमा स्थान बनाइसकेको छ। अब विश्वकपका लागि १७ राष्ट्र छनोट हुन बाँकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell