PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

निर्वाचन पर्यवेक्षण अनुमति आवेदनको समय एक साता थप



पहिलोपोस्ट

निर्वाचन पर्यवेक्षण अनुमति आवेदनको समय एक साता थप

काठमाडौँ: निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन पर्यवेक्षण अनुमति आवेदनको समय थप गरेको छ। यसअघि १५ दिनको समयसीमा दिएर आयोगले पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको थियो। उक्त समयसीमा आइतबार सकिएको हो।

आयोगले आज पुनः सूचना प्रकाशन गरी सात दिनभित्र निवेदन पेस गर्न सूचित गरेको छ ।

आवेदकले संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। यस्तै, संस्थाको विधानको प्रतिलिपि पनि पेश गर्नुपर्नेछ। संस्था नवीकरण र लेखा परीक्षण प्रतिवेदन पनि पेश गर्नुपर्ने व्यवस्था आयोगले गरेको छ।

यसअघि कुनै पनि निर्वाचनको पर्यवेक्षण गरी प्रतिवेदन नबुझाएका संस्थाले भने निर्वाचन पर्यवेक्षणको अनुमति पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell