PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

नवराज सिलवालको राजीनामा स्वीकृत, चुनावमा भाग लिने बाटो खुल्यो



सविन ढकाल

नवराज सिलवालको राजीनामा स्वीकृत, चुनावमा भाग लिने बाटो खुल्यो

काठमाडौं : डिआइजी नवराज सिलवालको राजीनामा स्वीकृत भएको छ। गृह मन्त्रालयले केही दिनअघि मात्र डिआइजी सिलवालको राजीनामा स्वीकृत गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। गत शुक्रबारको मिति राखेर सिलवालको राजीनामा गृहमन्त्री जनार्दश शर्माले स्वीकृत गरेका हुन्। 

स्रोतले भन्यो  ‘गृहमन्त्रीज्यूले तत्काल राजीननामा स्वीकृत गर्दिनु भन्ने निर्देशन दिएर स्वीकृत भएको हो।’

आइजीपी नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेपछि सिलवालले राजीनामा दिएका थिए। भदौ २७ को अदालतको अादेशपछि साही दिन सिलवालले राजीनामाको घोषणा गरेका थिए। अौपचारिक रुपमा भने २८ गते उनकाे राजीनामा दर्ता भएको थियाे। 

सिलवालको राजीनामापत्र कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले असोज १ गते गृह मन्त्रालय पठाइएको थियो। 

तर, तीन सातादेखि राजीनामा स्वीकृत भएको थिएन। राजीनामा स्वीकृत नहुँदै एमाले प्रवेश गरेको भन्दै उनको आलोचना समेत भएको थियो।

सिलवाल शुक्रवार औपचारिक रुपमा एमाले प्रवेश गरेका हुन्।

मंसिरमा हुने चुनावको लागि एमालेले सिलवाललाई ललितपुर १ बाट समानुपातिकमा सिफारिस गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell