PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

गोपाल खड्का पथमा डोलिन्द्र शर्मा: पुनर्बहालीका लागि सर्वोच्चमा रिट, आज सुनुवाइ



पहिलोपोस्ट

गोपाल खड्का पथमा डोलिन्द्र शर्मा: पुनर्बहालीका लागि सर्वोच्चमा रिट, आज सुनुवाइ

काठमाडौँ : साझा प्रकाशनको अध्यक्षबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन अध्यक्ष डोलिन्द्र शर्माले सर्वोच्चमा रिट दायर गरेका छन्। शर्माको रिटको प्रारम्भिक सुनुवाइ आज हुँदैछ।

न्यायाधीश दीपकराज जोशीको एकल इजलासमा शर्माको रिटको पेसी तोकिएको छ। दैनिक पेसी सूचीको (छ) नम्बरमा शर्माको रिटको पेसी तोएिको छ।

कार्यकाल पूरा नहुँदै सरकारले हटाएको भन्दै आइतबार शर्माको रिट दर्ता भएको थियो।

आइतबार नै सर्वोच्चले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो। 

शर्मालाई शिक्षा मन्त्रीस्तरीय निर्णयबाट असोज ८ गते हटाइएको थियो। हटाउनुअघि मन्त्रालयले शर्मासँग स्पष्टीकरण मागेको थियो। स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै शर्मालाई पदमुक्त गरिएको थियो। 

साझामा भएको अनियमितता छानविनका लागि शिक्षा मन्त्रालयले अनुगमन तथा मूल्यांकन उपसचिव गणेश ढकालको नेतृत्वमा साउन १२ गते छानबिन समित गठन गरेको थियो। समितिले साझामा अनियमितता भएको प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो।

अदालतले शर्माको रिटमा मागबमोजिम अन्तरिम आदेश जारी गरेमा शर्मा कामकाजका लागि फर्कन पाउँनेछन्। अन्तरिम जारी नगरेको अवस्थामा भने सरकारलाई निर्णय कार्यान्वयनको बाटो खुल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell