PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भारतीय सार्पसुटर काठमाडौंमा पक्राउ, 'व्यापारी हत्याको योजना असफल'



पहिलोपोस्ट

भारतीय सार्पसुटर काठमाडौंमा पक्राउ, 'व्यापारी हत्याको योजना असफल'

काठमाडौं: नेपाली व्यापारीको हत्या योजनामा नेपाल प्रवेश गरेका दुई भारतीय सार्पसुटर काठमाडौंमा पक्राउ परेका छन्। सम्भावित घटनाअघि नै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

नेपाल प्रहरीको विशेष व्यूरोले शनिबार जोरपाटीस्थित नारायणटारबाट भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादवलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरी महानगरीय प्रहरी बृत बौद्धमा राखिएको छ।

पक्राउ परेका दुवै भारतीय प्रहरीको खोजी सूचीमा रहेका पनि प्रहरीले जानकारी दिएको छ। सार्पसुटर दुवै जना जोरपाटीमा सर्लाहीका लाल महम्मद सुरले सञ्चालन गरेको गलैचा कारखानमा छिरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell