अमेरिकाः समुद्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ।
आँधी अमेरिकाको न्यू अर्लियन्सतर्फ लागेपछि त्यस क्षेत्रका बासिन्दालाई समुद्री आँधी नेटको प्रभाव नपुग्ने स्थानतर्फ जान स्थानीय प्रशासनले आग्रह गरेको छ।
आँधीले १३७ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरतर्फ दिशा लिएपछि मीसीसीपी, अलाबामा, लुइजियाना र फ्लोरिडा राज्यमा आँधी सम्बन्धी सूचना र सुरक्षित ठाउँमा जान आदेश जारी गरिएको छ।
आँधीले ती क्षेत्रमा भिषण वर्षा र बाढी तथा डुवानको समस्या निम्त्याउने अनुमान गरिएको छ। सावधानी स्वरुप यो क्षेत्रका बन्दरगाह बन्द गरिएका छन्।
यसअघि मध्य अमेरिकी देशमध्येको कोष्टारिकामा नेट आँधीले अहिलेसम्म कम्तीमा ३० जनाको ज्यान गएको बताइएको छ।
यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले श्रृंखलाबद्ध समुन्द्री आँधीबाट तहसनहस क्यारिबियन मुलुकहरुलाई थप सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन्। रासस/एपी