PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

एम्नेष्टीका टर्की प्रमुखसहित १० जनालाई आतङ्कवादीलाई सघाएको आरोप



पहिलोपोस्ट

एम्नेष्टीका टर्की प्रमुखसहित १० जनालाई आतङ्कवादीलाई सघाएको आरोप
फोटो श्रोतः .washingtonpost.com

इस्तानबुलः टर्कीका दण्डाधिकारी (अभियोजक)ले एम्नेष्टी इन्टरनेशनलका टर्की प्रमुखसहित १० जना अधिकारकर्मीलाई आतङ्ककारी भएको वा सघाएको आरोप लगाएका छन्। 

टर्कीको अनादोलु न्यूज एजेन्सीले अभियोजकहरूलाई उदृत गर्दै ११ जना मानव अधिकारकर्मीमाथिको अनुसन्धान पूरा भएको तर सुनुवाई भने हुन बाँकी रहेको जनाएको छ। 

उनीहरूलाई जुलाईमा इश्तनबुलमा एक कार्यक्रम गरिरहेको स्थानबाट सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो। 

उनीहरूमाथि सशस्त्र आतङ्कवादी संगठन तथा कुर्दिस तथा वामपन्थी आन्दोलनका लडाकूलाई अमेरिकामा स्वघोषित निर्वासनमा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनसँगको सहकार्यमा सहयोग पुर्याउदै आएको आरोपमा पक्राउ गरिएको थियो। रासस/एपी

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell