PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

दीपकुमार उपाध्याय कपिलवस्तु क्षेत्र नं १ बाट सिफारिस



पहिलोपोस्ट

दीपकुमार उपाध्याय कपिलवस्तु क्षेत्र नं १ बाट सिफारिस

कपिलवस्तुः आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि प्रमुख तीन दलले जिल्लाबाट केन्द्रमा उम्मेदवारको नाम सिफारिस गरेका छन्। 

प्रतिनिधि सभाका तीन र छ वटा प्रदेश सभा क्षेत्र रहेको कपिलवस्तुमा लामो कसरतपछि तीन ठूला दलले उम्मेदवारको नाम टुंगो लगाएका हुन्। 
नेपाली कांग्रेसबाट  भारतका लागि नेपाली राजदूतबाट राजीनामा दिएका दीपकुमार उपाध्यायसहित सांसद अतहर कमाल तथा पूर्वमन्त्री कमलेश शर्माको नाम प्रतिनिधि सभा क्षेत्र नं १ का लागि सिफारिस गरिएको छ। 

यसैगरी क्षेत्र नं २ बाट पार्टी सभापति एवं सांसद सुरेन्द्रराज आचार्यको एकल नाम सिफारिस गरिएको छ। 

क्षेत्र नं ३ बाट हालै संघीय समाजवादी फोरम परित्याग गरी कांग्रेसमा प्रवेश गरेका सांसद अभिषेकप्रताव शाहको नाम सिफारिस गरिएको सभापति सुरेन्द्रराज आचार्यले जानकारी दिए। 

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकका लागि १५ जना र प्रदेशका लागि ६० जनाको नाम पठाएको छ। 

नेकपा एमालेबाट एमाले क्षेत्र नं १ बाट विष्णु पन्थी, सांसद बलराम अधिकारी, शारदा पोख्रल र हीरालाल पौडेलको नाम सिफारिस गरिएको छ। त्यस्तै, २ बाट सूर्य चिह्न लिएर चुनाव लड्ने सहमति गरेका सांसद वृजेशकुमार गुप्ताको एकल नाम सिफारिस गरिएको छ। 

क्षेत्र नं ३ बाट महादेव पोख्रेल, क्षेत्रबहादुर खत्री, निशा विक, सुशीला खनाल, अहमद अब्दुल रउफको नाम सिफारिस गरिएको एमाले उपाध्यक्ष बाबुराम खनालले जनकारी दिए। प्रतिनिधि सभाको समानुपातिकतर्फ नौ जना र प्रदेशतर्फ १९ जनाको नाम पठाएको एमालेले जनाएको छ। 

नेकपा माओवादी केन्द्रले १ बाट प्रतिनिधि सभामा हालका लेखा समिति सभापति डोरप्रसाद उपाध्यायको नाम सिफारिस गरेको छ। 
क्षेत्र नं २ बाट गिरीधरीलाल न्यौपाने तथा जिल्ला सहइञ्चार्ज रुद्रलाल बन्जाडेको नाम सिफारिस गरेको छ। 

त्यस्तै क्षेत्र नं ३ बाट माओवादी स्थायी समिति सदस्य चन्द्रपाणी खनाल (बलदेव) र शिवप्रसाद जैसवालको नाम पठाएको माओवादी केन्द्रले जनाएको छ। 
प्रदेश सभामा विष्णु बेल्वासे, सन्तोषी पाण्डे, जावेद मुसलवानको मात्रै नाम टुंगो लागेको बताएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell