PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भूकम्पपीडितलाई धितो जमानीबाट ऋण उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय



पहिलोपोस्ट

भूकम्पपीडितलाई धितो जमानीबाट ऋण उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ : सरकारले भूकम्पपीडितको घर निर्माणका लागि सामूहिक जमानीमा निरब्याजी ऋण उपलब्ध गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को आज बसेको बैठकले भूकम्पपीडितलाई घर बनाउन सामूहिक जमानीमा निरब्याजी गराउने कार्यविधि संशोधन गरी धितो जमानीबाट पनि ऋण उपलब्ध गराउने निर्णय गरेकाे अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। 

बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दरबन्दी संगठन संरचनालाई स्वीकृत गर्ने निर्णयसमेत गरेको मन्त्री कार्कीले बताए।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell