PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

म्यानमारबाट रोहिङ्गा विस्थापित हुने क्रम रोकिएन, डुंगा दुर्घटनामा १२ को मृत्यु



पहिलोपोस्ट

म्यानमारबाट रोहिङ्गा विस्थापित हुने क्रम रोकिएन, डुंगा दुर्घटनामा १२ को मृत्यु
फोटो श्रोतः thedailystar.net

ढाका : म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने म्यान्माली मुस्लिम समुदाय रोहिङ्गाले देश छोड्ने क्रम अझै रोकिएको छैन। 

जसले उनीहरुको ज्यान अत्यन्तै जोखिममा पर्ने गरेको छ। म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर उनीहरु बंगलादेश पुग्ने गरेका छन्। 

जोखिमपूर्ण रुपमा नदी पार गर्दा ज्यान पनि जाने गरेको छ। त्यस क्रममा सोमबार कम्तीमा १२ जनाको ज्यान गएको छ। 

आइतबार राति नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले सोमबार बिहान बंगालको खाडी नजिकै नाफ नदीमा शव तैरिएको अवस्थामा भेटेको जनाएको छ। 

बंगलादेशको प्रहरीले यहाँको कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित एक महिला र अर्का एक पुरुष गरी १२ जनाको शव भेटिएको जनाएको छ। 

नदी किनारमा एक महिनाभन्दा लामो समयदेखि करिब पाँच लाख म्यान्माली शरणार्थीको शिविर रहेको छ। उनीहरु अत्यन्तै अव्यवस्थित रुपमा यहाँ बस्ने गरेका छन्। 

सोही शिविरका शरणार्थी डुंगा चढेर अन्यत्र जाने क्रममा दुर्घटनामा परेका हुन् वा त्यहाँ आइरहेका बेला उनीहरु परेका हुन् भन्ने बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको बताइएको छ। 

अगष्ट २५ देखि रोहिङ्गाको बाहुल्यता रहेको म्यानमारको राखिन राज्यबाट उनीहरु भागेर त्यहाँ पुगेका हुन्। त्यस समयदेखि आजसम्ममा ती समुदायका एक सयभन्दा बढीको ज्यान गएको अधिकारीले जनाएका छन्। रासस/सिन्ह्वा/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell