PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

लोकतान्त्रिक कार्यदलः सिट बाँडफाटको जिम्मा शीर्ष नेतालाई



रमेश वाग्ले

लोकतान्त्रिक कार्यदलः सिट बाँडफाटको जिम्मा शीर्ष नेतालाई

काठमाडौंः निर्वाचनका लागि बनेको लोकतान्त्रिक गठबन्धन कार्यदलले सिट बाँडफाँडको जिम्मा प्रमुख नेताहरुलाई दिएकाे छ। 

न्यूनतम साझा कार्यक्रम, गठबन्धनको अवधारणा र चुनावी तालमेलका लागि सिट बाँडफाँडका विषयमा गृहकार्यमा बसेको कार्यदलले सिट बाँडफाँडको जिम्मेवारी भने शीर्ष तहमै पठाएको हो। 

‘हामीले सिट बाँडफाँडको प्रस्ताव लिखित रुपमा नैं बुझाएका छौँ,’ कार्यदलमा संघीय समाजवादी फोरमका प्रतिनिधि रामहाय यादवले भने, ‘अब सिट बाँडफाँडको जिम्मा शीर्ष तहमा हुनेछ। त्यहाँबाट अवधारणा तयार भएपछि कार्यदलले प्राविधिक विषयमा काम गर्ने छ।’

उनले आइतबारको बैठकमा संघीय समाजवादी र राजपाले संयुक्तरुपमा लिखित प्रस्ताव पेश गरेका बताए। 

संघीय समाजवादी फोरम र राजपाले संयुक्त रुपमा बुझाएको प्रस्तावमा कति सिट दाबी गरिएको छ भन्ने विषय बाहिर नल्याउने सहमति भएको यादवले बताए। 

सिट संख्याका विषयमा बताउन नचाहे पनि दुई पार्टीले प्रदेश नम्बर दुईका दुई तिहाइ सिट र प्रदेश १, ५ र ७ का तराईका जिल्लाका पनि एक तिहाइ सिटमा उनीहरुको दाबी छ। 

त्यही प्रस्ताव अस्वभाविक भएको भन्दै कांग्रेसका कार्यदल सदस्यले स्वभाविक आधारमा मात्र सिट विभाजन हुन सक्ने बताएपछि शीर्ष तहमा छलफल गरेर टुंग्याउने सहमति भएको हो।

गठबन्धनको अवधारणामा कांग्रेसको ढिलाई
लोकतान्त्रिक गठबन्धनको औचित्य र त्यसलाई अघि बढाउने विषयमा साझा कार्यक्रम बनाउने जिम्मा कार्यदलका कांग्रेस सदस्यहरुले पाएका छन्। 

तर कार्यदलमा अवधारण आइतबार नैं पेश गर्ने भनिए पनि कांग्रेस सदस्यहरुले त्यसको खाका प्रस्ताव गरेका छैनन्। 

‘न्यूनतम साझा कार्यक्रम र गठबन्धनको अवधारण बनाउने जिम्मा कांग्रेसकातर्फबाट कार्यदल सदस्य पूर्णबहादुर खड्का र मिनेन्द्र रिजालले लिनुभएको हो तर अहिलेसम्म आएको छैन,’ कार्यदलका सदस्य यादवले भने। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell