PahiloPost

Apr 2, 2026 | १९ चैत्र २०८२

नेपाल संवत् मनाउन चित्तरञ्जन नेपालीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन



पहिलोपोस्ट

काठमाडौँ : यस वर्षको नेपाल संवत् ११३८ मनाउन साहित्यकार चित्तरञ्जन नेपालीको अध्यक्षतामा २१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। 

नागरिक स्तरमा गठन गरिएको न्हुँदया समारोह समिति’ले वर्षभरी नेपाल संवत् बारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसारलगायत विभिन्न गतिविधि गर्नेछ। समितिका पूर्वअध्यक्ष सल्लाहकार रहनेछन्। 

अध्यक्ष नेपालीले शङ्खधर साख्वाले प्रचलनमा ल्याएको नेपाल संवत् चन्द्रमासमा गणना गरिने हुँदा यो वैज्ञानिक रहेको र यसलाई अभ्यासमा ल्याउनु पर्नेमा जोड दिए। 

समितिका सल्लाहकार एवं राजनीतिज्ञ तीर्थराम डंगोलले नेपालबाट सुरु भएको नेपाल संवतलाई राष्ट्रिय संवतका रुपमा विकास गरी कामकाजमा प्रयोगमा ल्याउनुपर्ने बताए। 

आगामी कार्त्तिक ३ गतेदेखि नेपाल संवत् ११३८ सुरु हुन्छ । संवत्का प्रवर्तक साख्वालाई राष्ट्रिय विभूतिका रुपमा सम्मान गरिँदै आएको छ।रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell