PahiloPost

May 6, 2026 | २३ बैशाख २०८३

ऋतिक रोशनको पक्षमा बोलेपछि कंगनाकी बहिनीले पोखिन् आक्रोश



पहिलोपोस्ट

ऋतिक रोशनको पक्षमा बोलेपछि कंगनाकी बहिनीले पोखिन् आक्रोश

अभिनेत्री कंगना रनोटले एक अन्तर्वातामा अभिनेता ऋतिक रोशनलाई आफ्नो पूर्वप्रेमी भएको संकेत गरेपछि सुरु भएको यी दुई कलाकारको विवाद अहिले चुलीमा पुगेको छ। अदालतमा पुगेको यो मामलाबारे ऋतिक रोशनले यो साता मुख खोले। दुवै पक्षबाट स्पष्टिकरण दिने क्रम जारी छ र दुवैको पक्षमा बोल्नेहरुको पनि कमी छैन।

केही समय यता सामाजिक सञ्जाल वा मिडियामार्फत ऋतिक रोशनको पक्षमा केही कलाकार देखिए। जोसँग कंगनाकी बहिनी रंगोली चंडोल आक्रोशित छिन्। उनले ट्विटरमै ऋतिकको पक्षमा धारणा राख्नेहरुलाई जवाफ दिएकी छिन्। उनले करण जोहर, सोनाम कपूर, फरहान अख्तर, ट्विङ्कल खन्ना, सोनाली बेन्द्रे लगायतलाई मेन्सन गरेर लेखेकी हुन्।



फरहान अख्तरले फेसबुकमा खुला पत्र लेख्दै ऋतिकको पक्षमा बोलेपछि उनको विचारमा धेरैले समर्था जनाए। जसको विरोध गर्दै चंडोल अख्तरलाई प्रश्न गर्छिन्,'के को आधारमा यो मिसलिडिङ गलत पत्र लेख्यौ? त्यो सबै कुरा साँचो मान्न सकिन्थ्यो यदि तिम्रो परिवार रोशन परिवारको लागि बायस्ड हुँदैन थियो भने।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell