PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

ताप्लेजुङको फुङ्लिङमा जिप दुर्घटना, दुई जनाको मृत्यु



पहिलोपोस्ट

ताप्लेजुङ : पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। 

मे १ ज १३०८ नम्बरको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीया होमराज घिमिरेको मृत्यु भएको हो। 

अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। 

घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिप ब्रेक फेल भई सडकबाट झण्डै २०० मिटर तल खसेको थियो।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell