PahiloPost

May 12, 2025 | २९ बैशाख २०८२

गर्भपतन गर्नेमा २० वर्षभन्दा कम उमेरका किशोरी धेरै



सागर बुढाथोकी

गर्भपतन गर्नेमा २० वर्षभन्दा कम उमेरका किशोरी धेरै

काठमाडौं : जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार काठमाडाैंमा गर्भपतन गर्नेमा २० वर्षभन्दा कम उमेरका किशोरीहरु बढी देखिएका छन्।

आर्थिक वर्ष २०७१/७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार ४ हजार ५८ जना २० वर्षमुनिका किशोरी थिए। जुन कुल संख्याको २५ प्रतिशत हो।

त्यसैगरी २०७२/७३ मा १५ हजार ३ सय ६ जनाले गर्भपतन गराएका थिए। जुन कुल संख्याको ३० प्रतिशत अर्थात् ५ हजार ३० जना २० वर्षभन्दा कम उमेरका किशोरीहरुले गर्भपतन गराएका देखिन्छ।

त्यसैगरी २०७३/७४ मा १३ हजार ५७ जनाले गर्भपतन गराएका छन्। तीमध्ये २४ प्रतिशत अर्थात् तीन हजार एक सय ३३ जना २० वर्षमुनिका किशोरीहरु छन्।

२० वर्षभन्दा कम उमेरमा गर्भवती हुनु स्वास्थ्यका दृष्टिले राम्रो होइन। तर, तथ्यांकले यस्तै देखाएको छ।

तीन वर्षको तथ्यांक हेर्दा काठमाडौंमा मात्रै ४१ हजार ९ सय ७२ जनाले गर्भपतन गरेको देखिन्छ। तीमध्ये १५ सय २८ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरु छन्।

जिल्ला जनस्वास्थ्य कार्यलयका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार किशोरीहरुको गर्भपतन बढ्नु राम्रो होइन। उनले भने, ‘यो त सुरक्षित रुपमा गर्भपतन गर्नेहरुको संङ्ख्या मात्र हो। असुरक्षित रुपमा गर्भपतन गर्नेहरु कति होलान्?’

बिजुक्छेका अनुसार गर्भपतन गर्ने अन्य उमेर समूहमा २५ देखि ४२ वर्षसम्मका महिलाहरु छन्। परिवार नियोजनका साधन प्रयोग गर्दासमेत गर्भ बसेकाले उनीहरु गर्भपतन गर्न बाध्य भएको बिजुक्छे सुनाउँछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell