PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

जिल्ला अदालत काभ्रेका नायव सुब्बा घुससहित पक्राउ



पहिलोपोस्ट

जिल्ला अदालत काभ्रेका नायव सुब्बा घुससहित पक्राउ

काठमाडौं :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला अदालत काभ्रेका नायव सुब्बा घुस लिंदै गर्दा पक्राउ परेको छ।

अदालतका नायव सुब्बा राजेन्द्र खत्रीले सवारी दुर्घटनामा भएको अङ्गभङ्ग मुद्दा मिलाईदिने भनि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको कार्यालय टंगालबाट गएको टोलीले एक लाख २५ हजार रुपैयाँ घुस लिंदै गर्दा धुलिखेल बसपार्कबाट पक्राउ गरेको हो।

उनका बारेमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell